Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
झापामा एमाले महाधिवेशन: ३६ सिटका लागि ९५ उम्मेदवार प्रतिस्पर्धामा
शनिवार, मंसिर १३, २०८२
झापा, १३ मंसिरः नेकपा एमालेको ११औं महाधिवेशनका लागि दुई प्यानलले उम्मेदवारी घोषणा गरेपछि झापामा महाधिवेशन प्रतिनिधि छनोटमा सहमति जुट्न नसकी आज निर्वाचन हुँदैछ।
जिल्लाबाट चयन हुने ३६ जना महाधिवेशन प्रतिनिधिका लागि झन्डै तीन गुणा अर्थात् ९५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
बिहीबार खुला, महिला र युवा क्लस्टरसहित १४१ जनाले उम्मेदवारी दिएका थिए भने शुक्रबार ४६ जनाले नाम फिर्ता लिएका थिए। पाँचै निर्वाचन क्षेत्रमा मतदान हुने जिल्ला निर्वाचन विभाग प्रमुख दिपेन्द्र लम्सालले जानकारी दिनुभयो।
क्षेत्र नं. १ मा ६ प्रतिनिधिका लागि ११ उम्मेदवार, क्षेत्र नं. २ मा ९ प्रतिनिधिका लागि २७ उम्मेदवार, क्षेत्र नं. ३ मा ६ प्रतिनिधिका लागि १९ उम्मेदवार, क्षेत्र नं. ४ मा ७ प्रतिनिधिका लागि १६ उम्मेदवार र क्षेत्र नं. ५ मा ८ प्रतिनिधिका लागि २२ उम्मेदवार प्रतिस्पर्धामा छन्।
उम्मेदवारहरू अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसँग स्पष्ट रूपमा पहिचान भएका छन्।
दलित क्लस्टरमा भने दुई प्रतिनिधिका लागि ७ जनाले उम्मेदवारी दिएका भए पनि उनीहरूबीच प्रत्यक्ष चुनावी प्रतिस्पर्धा हुने छैन।