शनिवार, फागुन २३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

एनआरएनएबिचको ऐतिहासिक एकता दिगो कायम होस् : सञ्चारमन्त्री खरेल

आइतवार, मंसिर १४, २०८२

काठमाडौँ, १४ मङ्सिर । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीच ऐतिहासिक एकता घोषणा भएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा एनआरएनएको एकता सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

११ औँ महाधिवेशनबाट निर्वाचित डा. बद्री केसी र अध्यक्ष महेश श्रेष्ठबिच बृहत् एकताको सम्झौतामा हस्ताक्षर भएको हो। सञ्चारमन्त्री खरेलको विशेष पहल र अग्रसरतामा एनआरएनका दुई समूहबिच ऐतिहासिक एकता कायम भएको हो। 

सहमति पत्रमा ११औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्य समितिका अध्यक्ष बद्री केसी र एकताको महाधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष महेशकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ।

सो अवसरमा सञ्चारमन्त्री खरेलले बृहत् एकतालाई दिगो बनाउन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो,“आज एनआरएनएबिच बृहत् एकताको हस्ताक्षर भएको छ। यो हस्ताक्षर कागजमा भएको छ। यो हस्ताक्षर मन र मस्तिस्क दुबैमा कायम रहोस्। व्यवहारिक कार्यान्वयन र दिगो रूपमा एकता अगाडि बढोस। फुटेर हैन, जुटेरै अगाडि बढ्न सकिन्छ। एकता सम्भव बनाउन भूमिका खेल्ने सबैप्रति धन्यवाद तथा शुभकामना व्यक्त गर्दछु।”

सञ्चारमन्त्री खरेलले एनआरएनएको एकताले ८० लाख गैरआवासीय नेपालीलाई सकारात्मक सन्देश दिएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो,“नेपालमा एनआरएनएको स्थापनाको आरोह अवरोहमा छुट्टै ओझ, गरिमा, विश्वास र सम्मान यहाँहरूले कामय गर्नुभएको थियो। पछिल्ला वर्षमा यो खस्किदै गयो। किनकी एनआरएनएबिच विभाजन आयो। अहिले एउटा ठुलो अवसर आएको छ। एनआरएनलाई पार्टी भन्दा माथि उठेर जनताको संस्थाको रूपमा स्थापित गराउनुस्।”

मन्त्री खरेलले भूकम्प, नाकाबन्दी, कोरोना भाइरस महामारीलगायत विपद्का समयमा गरिआएको सहयोग सराहनिय रहेको भन्दै एनआरएनलाई राजनीतिभन्दा माथि उठेर मुलुकको आर्थिक समृद्धिका लागि बढीभन्दा बढी लगानी भित्र्याउन पहल गर्न आग्रह गर्नुभयो। 

उहाँले एनआरएनएले जोखिम मोलेर गरिरहेको लगानीको प्रसंशासमेत गर्नुभयो। मन्त्री खरेलले एनआरएनएले उठाएको मुद्दालाई सरकारकोतर्फबाट सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो।

एनआरएनएका अध्यक्ष डा. केसीले एनआरएनएबिचको एकताले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सकारात्मक सन्देश दिएको भन्दै नेपालको आर्थिक विकासमा सक्रिय ढङ्गले लाग्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले एनआरएनएलाई अब राजनीतिक कोणबाट कहिल्यै विभाजन नहुनेगरी कानुनी व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो। 

डा केसीले एनआरएनएबिचको एकतालाई यो अवस्थामा ल्याउन विशेष भूमिका निर्वाह गर्नुहुने सञ्चारमन्त्री खरेललाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो।

अर्का अध्यक्ष श्रेष्ठले बृहत् एकताको घोषणाले गैरआवासीय नेपालीबिचको भावनात्मक एकता भएर समृद्ध नेपाल निर्माणमा सक्रिय भएर जुट्न प्रेरणा मिलेको बताउनुभयो। 

एनआरएनए पछिल्लो केही वर्षदेखि केसी र श्रेष्ठको नेतृत्वमा क्रियाशील रहदैँ आएकामा दुवै संस्थाको नेतृत्व दश बुँदे सहमति गर्दै एकताबद्ध भएका छन्। एकतापछि अबको चार महिनाभित्र १२ औं महाधिवेशन गर्ने सहमति जुटेको छ।  

सम्बन्धित खबर