Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
११ औँ महाधिवेशनका लागि एमालेको लोगो सार्वजनिक
आइतवार, मंसिर १४, २०८२
काठमाडौं, १४ मंसिरः नेकपा एमालेले ११ औँ महाधिवेशनका लागि प्रतिक चिह्न (लोगो) सार्वजनिक गरेको छ । 'निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य' नारा दिएर एमालेले लोगो बनाएको छ ।
लोगोमा नेपालको राष्ट्रिय झण्डासहित धरहरा, सूर्यभित्र हँसिया हथाैडा र काष्ठमण्डपको चित्र राखिएको छ । एमालेको महाधिवेशन प्रचार समितिद्वारा आइतबार पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गर्नुभएको हो ।
पार्टीका सचिव एवं प्रचार समितिका संयोजक पद्यमा अर्यालले उक्त लोगो पार्टीको इतिहास, आन्दोलन र संकल्पको कलात्मक रूप भएको बताउनुभयो । लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँच तल्ले दरबार, पार्टीको निर्वाचन चिह्न आदिलाई बहुभाषिक रूपमा संयोजन गरिएको उहॉंको भनाइ छ ।
कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत पदाधिकारीको उपस्थिति थियो । सोही अवसरमा महाधिवेशनकेन्द्रित जिङ्गल पनि सार्वजनिक गरियो । यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि यही मङ्सिर १३ गते मातहतका कमिटीमा प्रतिनिधि छनोट सकिएको छ ।