Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
धनकुटाबाट छानिए १३ जना महाधिवेशन प्रतिनिधि
सोमवार, मंसिर १५, २०८२
धनकुटा, १५ मंसिर । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि धनकुटाबाट १३ जना प्रतिनिधि छनौट भएका छन् । सहमति जुट्न नसकेपछि मतदान प्रक्रियाबाट प्रतिनिधि छनौट गरिएको हो ।
खुल्लातर्फ शिव आङ्ला, चिन्तन तामाङ, पर्शुराम नेपाल, निरन राई, खजिन्द्र राई, शान्तिराम गौतम र अर्जुन छाराहाङ निर्वाचित भएका छन् । महिलातर्फ तुलसी राई, निर्मला इवाहाङ, गोमा कार्की र सम्झना आले निर्वाचित हुनुभयो। युवातर्फ सरोज राई निर्वाचित हुनुभयो भने दलिततर्फ नैन विश्वकर्मा सर्वसम्मत हुनुभएको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिनुभयो ।
यसैबिच, निर्वाचित प्रतिनिधिहरूलाई आज साँझ प्रमाणपत्र वितरण गरिएको छ । एमाले केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राई, एमाले कोशी प्रदेश कमिटी सदस्य खण्डमान राई, प्रमुख निर्वाचन अधिकृत नहकुल राई लगायतले निर्वाचित प्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण गर्दै बधाई ज्ञापन गरेका छन् । एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुदैछ ।