Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
एसीसी यू–१९ प्रिमियर कप: आज यूएईसँग भिड्दै नेपाल
सोमवार, मंसिर १५, २०८२
काठमाडं, १५ मंसिरः संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आज नेपाल आयोजक यूएईसँग भिड्दैछ ।
उपाधि भिडन्त आज बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ।
नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो। यूएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।
नेपाल र यूएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन्। प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधैँ एसिया कपमा छनोट हुने प्रावधान छ।
सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ।
तेस्रो स्थानका लागि आज नै मलेसिया र ओमान खेल्नेछन्। प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो। यू–१९ एसिया कप यही डिसेम्बरमा यूएईमै हुँदैछ।