Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
टमाटर बेचेर फर्किदा ११ लाख नोक्सानी
आइतवार, साउन २८, २०८०
झापा । बिर्तामोडका एक व्यवसायीले ५ पिकअप टमाटर विक्री गर्दा उल्टै ११ लाख रुपैयाँ नोक्सानी व्यहोर्नु परेको छ । नोक्सानी व्यहोर्नेमा बिर्तामोडस्थित कृषिथोक बजारका खगेन्द्र महतो रहेका छन् ।
व्यापारी महतोले भारतमा टमाटर विक्री गर्ने हुँदा उक्त नोक्सानी व्यहोर्नु परेको हो । टमाटर विक्री गरेर नेपाल फर्किने क्रममा महतोलाई सशस्त्र प्रहरी गुल्म काँकडभिट्टाले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको थियो । टमाटर बेचेर भारतीय रुपैयाँ साढे ३ लाख लिएर फर्किने क्रममा महतोलाई सशस्त्रले प्रतिबन्धित नोट बोकेको कारण नियन्त्रणमा लिएको थियो ।
भारतीय बजारमा टमाटर विक्रि गरेर फर्किने क्रममा महतो गत साउन २४ गते राती साढे ८ बजे मेची पुलमा पक्राउ परेका थिए । सोही दिन मध्यरातमा सशस्त्रले महतोलाई राजश्व अनुसन्धान इटहरी पुराएको थियो ।
सशस्त्रले भन्सारको कागज ल्याउन भनेपछि महतोले भन्सार गरेको कागजात पनि बुझाएका थिए । तर, सशस्त्रले प्रतिवन्धित नोटको आधारमा इटहरी पुराएको थियो ।
भन्सार गरेर ११ हजार ४ सय केजी टमाटर भारतीय बजारमा विक्री गरेर फर्किने क्रममा महतोले साढे ३ लाख भारु बोकेर आएका थिए । उनले भारु १ सय, ५ सय र २ हजारका नोट ल्याएका थिए । ५ सय र २ हजारका नोट प्रतिबन्धित भएका कारण उनी पक्राउ परेका हुन् । महतोले राजश्व अनुसन्धान इटहरीमा ५ लाख ६० हजार ५२५ रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।