शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

टमाटर बेचेर फर्किदा ११ लाख नोक्सानी

आइतवार, साउन २८, २०८०

झापा । बिर्तामोडका एक व्यवसायीले ५ पिकअप टमाटर विक्री गर्दा उल्टै ११ लाख रुपैयाँ नोक्सानी व्यहोर्नु परेको छ । नोक्सानी व्यहोर्नेमा बिर्तामोडस्थित कृषिथोक बजारका खगेन्द्र महतो रहेका छन् ।

व्यापारी महतोले भारतमा टमाटर विक्री गर्ने हुँदा उक्त नोक्सानी व्यहोर्नु परेको हो । टमाटर विक्री गरेर नेपाल फर्किने क्रममा महतोलाई सशस्त्र प्रहरी गुल्म काँकडभिट्टाले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको थियो । टमाटर बेचेर भारतीय रुपैयाँ साढे ३ लाख लिएर फर्किने क्रममा महतोलाई सशस्त्रले प्रतिबन्धित नोट बोकेको कारण नियन्त्रणमा लिएको थियो ।
भारतीय बजारमा टमाटर विक्रि गरेर फर्किने क्रममा महतो गत साउन २४ गते राती साढे ८ बजे मेची पुलमा पक्राउ परेका थिए । सोही दिन मध्यरातमा सशस्त्रले महतोलाई राजश्व अनुसन्धान इटहरी पुराएको थियो ।

सशस्त्रले भन्सारको कागज ल्याउन भनेपछि महतोले भन्सार गरेको कागजात पनि बुझाएका थिए । तर, सशस्त्रले प्रतिवन्धित नोटको आधारमा इटहरी पुराएको थियो ।

भन्सार गरेर ११ हजार ४ सय केजी टमाटर भारतीय बजारमा विक्री गरेर फर्किने क्रममा महतोले साढे ३ लाख भारु बोकेर आएका थिए । उनले भारु १ सय, ५ सय र २ हजारका नोट ल्याएका थिए । ५ सय र २ हजारका नोट प्रतिबन्धित भएका कारण उनी पक्राउ परेका हुन् । महतोले राजश्व अनुसन्धान इटहरीमा ५ लाख ६० हजार ५२५ रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

सम्बन्धित खबर