आइतवार, फागुन २४, २०८२
Nayapaper | अनलाइन पत्रिका

भारी वर्षाका कारण इन्डोनेसियामा मृत्यु हुनेको संख्या ४४२ पुग्यो

सोमवार, मंसिर १५, २०८२

काठमाडौं, १५ मंसिरः चक्रवातका कारण आएको भारी वर्षाका कारण इन्डोनेसियामा मृत्यु हुनेको संख्या ४०० भन्दा बढी पुगेको छ।

इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले बाढी प्रभावित क्षेत्रहरूको भ्रमण गर्नुभएको छ।  पश्चिम सुमात्रामा रहेकी बीबीसी रिपोर्टर निक्की विडाडियोका अनुसार केही क्षेत्र  मुख्य शहरसँगको सम्बन्धबाट छुट्टीएका छन् भने केही क्षेत्रमा पाँच दिनदेखि मोबाइल सिग्नल छैन।

थाइल्याण्डमा १७० जना र मलेसियामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ।नोभेम्बरको सुरुमा फिलिपिन्समा आएको आँधीमा परी ३०० जनाको मृत्यु भएको थियो।

सम्बन्धित खबर