शनिवार, फागुन २३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

‘बिगुल’ को फर्स्टलुक सार्वजनिक, माघ ९ देखि प्रदर्शन हुने

सोमवार, मंसिर १५, २०८२

काठमाडौं, १५ मंसिरः फिल्म ‘बिगुल’ को फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ।

रमेश कोइरालाको निर्देशन तथा कल्पना पौडेलको प्रस्तुति रहेको फिल्म आगामी माघ ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको हो। 

सार्वजनिक गरिएका तीन प्रकारका पोस्टरमध्ये एउटामा अभिनेत्री बेनिशा हमाल गम्भीर भावमा हुनुहुन्छ। त्यो पोस्टरको पृष्ठभूमिमा राँको लिएका आन्दोलनकारीहरूको हुल देखिन्छ। दोस्रो पोस्टरमा बेनिशासहित अभिनेता नरेन खड्का र रमेश बुढाथोकी आक्रोशित मुद्रामा प्रस्तुत हुनुभएको छ भने तेस्रो पोस्टरमा फिल्मका सम्पूर्ण प्रमुख कलाकारहरूलाई समेटिएको छ।

गत वैशाखको दोस्रो साता शुभमुहूर्त गरी जेठबाट छायांकन थालिएको यस फिल्ममा उठाइएको विषयवस्तु र गत भदौमा जेनजीले गरेको आन्दोलनका मागमा समानता देखिएको निर्माण पक्षले जनाएको छ। निर्माण पक्षले यो फिल्म जेनजी आन्दोलनप्रति समर्पित गरिएको उल्लेख गरेको छ।

कथाकार तथा निर्माता दिनेश कोइरालाले फिल्ममा उठाइएको मूल मुद्दा र पछि जेनजी पुस्ताले उठाएका माग एवम् देश विकासप्रतिको आम नेपालीको चाहना ठ्याक्कै मिल्न गएको बताउनुभयो। उहॉंले फिल्मले युवा र महिलामा चेतना जगाउँदै भ्रष्टाचार र विकृति उन्मूलनका लागि परिवर्तनको बिगुल फुकेको दाबी गर्नुभयो। 

निर्देशक रमेश कोइरालाका अनुसार फिल्मले स्वस्थ मनोरञ्जनका साथै समाज परिवर्तनका लागि आवाज बुलन्द गरेको र महिलाले गर्नुपरेको संघर्ष तथा बलिदानीको कथा समेटिएको छ। 

म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको फिल्ममा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मा लगायतका कलाकारहरूको अभिनय छ। फिल्ममा प्रदिप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद, शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य तथा एनवी महर्जनको द्वन्द्व निर्देशन छ।

विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको फिल्म तारा थापा ‘किम्भे’ ले सम्पादन गर्नुभएको हो। फिल्मको सह–निर्मातामा सूर्यकान्त कोइराला र महेश कोइराला हुनुहुन्छ।

फिल्मलाई काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्सले र मोफसलमा श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले वितरण गर्ने जनाइएको छ।

सम्बन्धित खबर