Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
चलचित्र विधेयक फिर्ता नलिनेः सञ्चारमन्त्री खरेल
सोमवार, मंसिर १५, २०८२
काठमाडौं, १५ मंसिरः सञ्चारमन्त्री जगदीश खरेलले चलचित्र विधेयक, २०८१ फिर्ता लिने पक्षमा सरकार नरहेको बताउनुभएको छ ।
सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा चलचित्र विधेयक, २०८१ माथिको छलफलका क्रममा मन्त्री खरेलले चलचित्र विधेयकलाई सरकारले फिर्ता नलिने प्रष्टीकरण दिनुभएको हो।
चलचित्र क्षेत्रसँग सम्बन्धित केही संघसंस्थाहरूले आफुलाई भेटेर चलचित्र विधेयक फिर्ता लिन आग्रह गरेको भन्दै उहॉंले समिति बैठकमा सरोकारवालासँग बसेर उनीहरूको मागका बारेमा छलफल गर्न सरकार तयार रहेको बताउनुभयो ।
यस पटक चलचित्र विधेयकलाई उपलब्धीमूलक बनाएर पारित गर्न सहयोग गर्ने खरेलको भनाइ छ । चलचित्र बिकास बोर्डलाई स्वायत्तता प्रदान गर्ने नाममा जथाभावी हुन नदिइने उहॉंले बताउनुभयो । खरेलले चलचित्रलाई नियन्त्रण नभइ सहजीकरण र नियमन सेन्सरलाई अघि बढाउनुपर्ने बताउनुभयो ।
मन्त्री खरेलले चलचित्र क्षेत्र सञ्चार मन्त्रालयकै मातहत राख्नुपर्नेमा जोड दिनुभयो । समिति सभापति तुलसाकुमारी दहालले चलचित्र विधेयक फिर्ता लिनुपर्छ भन्ने सरोकारवालासँग छलफल गरेर विधेयकलाई अघि बढाइने जानकारी दिनुभयो ।