Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
एसीसी यु-१९ प्रिमियर कप: उपाधिका लागि नेपाललाई १४८ रनको लक्ष्य
सोमवार, मंसिर १५, २०८२
काठमाडौँ, १५ मंलिरः एसीसी यु-१९ प्रिमियर कपको उपाधिका लागि युएईले नेपाललाई १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको युएईलाई ४५.५ ओभरमा अलआउट गर्दै नेपालले १४७ रनमा समेटेको हो।
युएईका लागि अहमेद खुदादले ७१ रनको अर्धशतकीय इनिङ्स खेल्दा नोरुल्लाह अयोबीले २६ तथा अयान मिसबाहले ११ रन बनाएका थिए। अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्।
नेपालका लागि दयानन्द मन्डलले ६.५ ओभरमा १७ रन खर्चिएर ६ विकेट लिए। त्यस्तै, अर्जित पौडेलले २ तथा नितेश कुमार पटेल र अशोक धामीले १-१ विकेट लिए।