शनिवार, फागुन २३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

एमाले ११औँ महाधिवेशन : झापाका पाँचै क्षेत्रबाट प्रतिनिधि चयन

सोमवार, मंसिर १५, २०८२

बिर्तामोड, १५ मङ्सिर : झापा क्षेत्र नं. २ बाट एमालेको ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा एक मन्त्री, दुई मेयरसहित ९ जना निर्वाचित भएका छन् ।

खुल्ला ५, महिला ३ र एक जना युवा प्रतिनिधिका लागि क्षेत्र नं. २ मा निर्वाचन भएको थियो । निर्वाचनमा २७ जना उम्मेदवार बनेका थिए । कोशी प्रदेशका खानेपानी तथा सिँचाई मन्त्री एकराज कार्की १७१६ सर्वाधिक मतसहित निर्वाचित भएका हुन् ।

यस्तै, नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी १४६८, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई १५०१, अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङ १४०६ र कोशी प्रदेशका सांसद चिन्तन पाठक १४१४ निर्वाचित भएका हुन् ।


महिला तर्फ सर्वाधिक मतसहित बिर्तामोड नगरपालिकाको मेयर पवित्रा महतारा प्रसाई १८८०, पवित्रा पाठक १६५८
र सुनिता खरेल १५८८ मतसहित निर्वाचित भएका छन् । युवा तर्फ खगेन्द्रराज आङदेम्वे १४७७ मतसहित निर्वाचित भए ।

झापाबाट राष्ट्रिय महाधिवेशनमा खुल्ला तर्फबाट १९ जना, महिला १२, युवा ५ र दलित २ जना प्रतिनिधि सहभागी हुने छन् । दलित प्रतिनिधिबाहेक ३६ जनाका लागि निर्वाचन भएको हो । दलित प्रतिनिधि सर्वसम्मत गरिने जनाइएको छ ।

झापा निर्वाचन क्षेत्र नं. १ बाट दुई महिलासहित ६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचित भएकाहरुमा खुल्लातर्फ राजु पोखरेल, असारु राजबंशी र लक्ष्मी राई रहेका छन् । महिलातर्फ रमा भण्डारी र जानुका ओली निर्वाचित भएका छन् भने युवातर्फ दिपक बराल निर्वाचित भए ।

यसैगरी, क्षेत्र नं. ३ बाट दुई महिलासहित छ जना निर्वाचित भएका छन् । निर्वाचित भएकाहरुमा खुल्लातर्फ छविलाल चुडाल, त्रिलोचन सापकोटा र बसन्त बानियाँ रहेका छन् । महिलातर्फ कल्पना रेग्मी र शान्तादेवी खरेल निर्वाचित भए । युवातर्फ अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् ।

झापा निर्वाचन क्षेत्र नं. ४ बाट दुई महिलासहित ७ जना निर्वाचित भएका छन् । निर्वाचित भएकाहरुमा खुल्लातर्फ रोशन थोप्रा, रविन्द्र लम्साल, एलपी सावा र हिमबहादुर कार्की रहेका छन् । महिलातर्फ कृष्णमाया भुजेल र गोमा रिजाल निर्वाचित भए । युवा तर्फ रोशन सुबेदी निर्वाचित भएका छन् ।

त्यसैगरी झापा क्षेत्र नं. ५ मा खुल्ला तर्फ अम्विका प्रसाद खनाल, शिव दुगेल, होम बहादुर थापा, तुलसी कार्की निर्वाचित भएका छन् । महिला तर्फ अम्बिका देवी अधिकारी (गीता), नर्वदा उप्रेती गौतम, लिला ढुङ्गेल दाहाल निर्वाचित भए । युवा तर्फ युवराज पौडयाल (विवश) निर्वाचित भएका छन् ।

सम्बन्धित खबर