Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
भारतमा बस र ट्रक ठोक्किँदा ३ को मृत्यु, २५ जना घाइते
मङ्गलवार, मंसिर १६, २०८२
काठमाडौं, १६ मंसिरः भारतको उत्तर प्रदेशमा बस र मालबहाक ट्रक एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
प्रदेशको बलरामपुर कोतवाली देहात क्षेत्रमा हिजो दिउसो सोनौलीबाट दिल्ली गइरहेको निजी यात्रुवाहक बस ट्रक संग ठोक्किदा अन्य दुई दर्जन बढी मानिस घाइते भएका छन् ।
तीन यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकालेमृतकको संख्या बढ्नसक्ने बताइएको छ ।
तीब्र गतिमा आइरहेको ट्रकले बसलाई ठक्क्र दिदा बस ट्रक दुवैमा आगलागी भएको भएको थियो । स्थानीय,प्रहरी, यातायात र दमकलको सहयताले उद्धार गरि आगो नियन्त्रणमा लिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।