Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
ईलाका प्रहरी कार्यालय अनारमनीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आइतवार, साउन २८, २०८०
बिर्तामोड। नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय अनारमनीको आयोजनामा आईतबार मुक्तिचौकमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुरज कार्कीले गर्नु भयो ।
नेपाल रेडक्रस सोसाईटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोग रहेको यस कार्यक्रममा विद्यार्थी, स्थानीय युवा, समाजसेवी र प्रहरी गरि ४७ जनाले रक्तदान गरेका छन् ।ईलाका प्रहरी कार्यालय अनारमनीले रक्तदान लगायत समयानुकूल लागुपदार्थ तथा अवैध तस्करी, साईबर क्राईम आदि विषयमा जनचेतनामुलक कार्यक्रमहरुसमेत गर्दै आएको छ।