Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
भोजपुरमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जना घाइते
मङ्गलवार, मंसिर १६, २०८२
टक्सार, १६ मंसिरः हतुवागढी गाउँपालिका–६ होम्ताङमा एम्बुलेन्स दुर्घटना भएको छ।
दुर्घटनामा चालक सञ्जीव राई र स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका छन्।प्रदेश १– ०२–००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको हो।
बिरामीलाई होम्ताङ पुर्याएर घोडेटार फर्किने क्रममा बिहान करिब पौने दश बजेको समयमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ।
घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारमा पठाउने तयारी भइरहेको वडाध्यक्ष सुरेशकुमार राईले जानकारी दिनुभयो।