Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
कुलमानको उपस्थितिमा आज उज्यालो नेपालको घोषणा हुँदै
बुधवार, मंसिर १७, २०८२
काठमाडौं, १७ मंसिर । उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा हुँदैछ । पार्टीले दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा घोषणा सभा गर्न लागेको छ ।
कार्यक्रममा प्रमुख अतिथि ऊर्जामन्त्री कुलमान घिसिङ रहनुभएको छ । कार्यक्रममा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गरिने बताइएको छ ।
पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजनालाई स्पष्ट रूपमा सार्वजनिक गर्ने पार्टीको तयारी छ । अहिलेसम्म उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनारको हाम्रो पार्टी नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् । अन्य शक्तिसँग पनि सहकार्य र एकताबारे कुरा भइरहेको जनाइएको छ ।