शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोडमा निशुल्क कृतिम अंग नाप जाँच शिविर

मङ्गलवार, साउन ३०, २०८०

झापा । बिर्तामोडमा कृतिम अंगको लागि नाप जाँच शिविर बस्ने भएको छ ।
नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको आयोजनामा भदौ २२ गते शुक्रबार शिविरको आयोजना गरिएको हो ।

नारायण सेवा संस्थान उदयपुर भारतको प्राविधिक सहयोगमा आयोजित यस शिविरमा १ सय जना भन्दा बढीले सेवा पाउनेछन् ।

शिविरमा सहभागिता जनाउन कुनै पनि शुल्क नलाग्ने भएकोले यो पूर्णरुपा निशुल्क रहेको स्थानिय आयोजक संस्था मारवाडी युवा मञ्च बिर्तामोडका पवन शर्माले जानकारी दिनु भयो ।
अग्रसेन भवनमा आयोजना हुने यस शिविरमा कुनै पनि प्रकारका शल्यक्रिया र औषधि वितरण नहुने आयोजकले जनाएको छ ।

नाप लिएको कृतिम अंग भारतको उदयपुरमा निर्माण हुने र निर्माण गर्न २ महिनासम्मको समय लाग्ने जनाईएको छ ।

सम्बन्धित खबर