Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
किसानलाई दूधमा १० रुपैयाँ अनुदान
बिहिवार, मंसिर २५, २०८२
तनहुँ, २५ मंसिर: भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरूप १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।
दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान दिने निर्णय भएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिनुभयो।
नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्थाबीच त्यससम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार दूध उत्पादन गर्ने किसानलाई भिमाद कृषि उद्यम सहकारीले उक्त रकम प्रदान गर्नेछ।
नगरपालिकाले दूधको मूल्य पनि निर्धारण गरेको छ। भदौ १ गतेदेखि माघ मसान्तभित्र खरिद मूल्य प्रतिलिटर ११० रुपैयाँ, थोक बिक्री मूल्य प्रतिलिटर १२० रुपैयाँ र खुद्रा बिक्री मूल्य प्रतिलिटर १३० रुपैयाँ तोकिएको छ ।
यसैगरी, फागुन १ गतेदेखि साउन मसान्तसम्म खरिद मूल्य ११५, थोक बिक्री मूल्य १३० र खुद्रा बिक्री मूल्य १४० रुपैयाँ निर्धारण भएको छ ।