विराटनगर, २५ मंसिरः मोरङको रंगेली नगरपालिका- ८ बाट प्रहरीले ९ सय किलो भन्दाबढी लागु औषध गाजा फेला पारेको छ ।
विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय रंगेलीको टोली बुधबार राति विशेष सूचनाका आधारमा बेवारिसे अवस्थामा लुकाइएको ९ सय २१ किलो ६६ ग्राम गाजा बरामद गरेको हो ।
प्रहरीका अनुसार ठूलो परिमाणको गाजा सुरेशमान श्रेष्ठको खेतस्थित रुखमुनि परालले छोपेर राखेको अवस्थामा बरामद भएको हो ।
सो क्षेत्रमा गाजा लुकाइछिपाई तस्करी हुँदै आएको सूचनाका आधारमा फेलापनि हालसम्म २९ वटा बोरामा सो गाजा कस्ले राखेको यकिन भइसकेको छैन ।
यद्यपि, उत्तरपहाडी क्षेत्रबाट भारततर्फ लैजाने क्रममा गाजा लुकाइएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।



