Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
करेन्ट लागेर महिलाको मृत्यु
शुक्रवार, मंसिर २६, २०८२
सप्तरी, २६ मङ्सिर । सप्तरीमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । जिल्लाको खडक नगरपालिका वडा नम्बर ६ जानकीनगरमा करेन्ट लागेर स्थानीय २६ वर्षीया श्यामकुमारी चौधरीको मृत्यु भएको हो ।
विद्युत् सर्ट भई घरमा सुरु भएको आगलागी नियन्त्रण गर्ने क्रममा करेन्ट लागेर घाइते चौधरीको उपचारको क्रममा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।
बिहीबार राति स्थानीय युगेश्वर साहको घरबाट २५ मिटर पश्चिम रहेको विद्युतको पोलमा विद्युत सर्टभई आगलागी भएर बासको टाटी र टिनले छाएको चौधरीको घरमा आगलागी हुँदा उक्त आगो निभाउने क्रममा उहाँ घाइते हुनुभएको थियो ।
करेन्ट लागेर गम्भीर घाइते उहाँलाई प्रारम्भिक उपचारका लागि कल्याणपुरस्थित स्थानीय अस्पताल लगिएको र अवस्था गम्भीर भएपछि थप उपचारका लागि राजविराजको गजेन्द्र नारायण सिंह अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक पुरीले बताउनुभयो ।
शम्भुनाथ नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।