शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

कृषिलाई प्रविधिसंग जोड्न ‘Kheti’ एप निर्माण

बुधवार, साउन ३१, २०८०

बिर्तामोड । कृषिलाई प्रविधिसंग जोडेर डिजिटल कृषि प्लेटफर्म एप “KHETI” निर्माण भएको छ ।
खेति भेन्चर प्रा.लिमिटेड एउटा एग्रो टेकले यो एप निर्माण गरेको हो ।
आधुनिक समयको विकासक्रमसँगै कृषकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा डिजिटल साक्षरताबाट आफ्नो पहुँच बढाउन एप निर्माण गरिएको खेति भेन्चरका सन्चालक सुभाष भट्टराईले बताउनु भयो ।
खेतिले आफ्नो एप ' KHETI'बाट हजारौं कृषक, कृषि व्यावसायि, उत्पादक र ग्राहकहरुलाई जोड्दै विभिन्न कृषिजन्य सेवा-सुविधा दिंदै आइरहेको जनाईएको छ ।

खेति भेन्चरले आफ्नो एप Kheti Farm बाट विभिन्न कृषिजन्य उपज तथा उपकरणहरु कृषक ग्राहकवर्गहरुलाई उपलब्ध गराउदै आइरहेको छ ।

एपमा सरकारबाट किसानहरुलाई आउने विभिन्न नीति तथा कार्यक्रम, अनुदान, आदि जस्ता कृषि लक्षित आयोजनाहरुको जानकारी दिने गरिएको  अर्का सन्चालक न्युराज कार्काले जानकारी दिनुभयो ।

किसानहरुले उत्पादन गरेको अन्नबाली, फलफूल तथा अन्य उत्पादनहरुलाई खेति भेन्चरकै र्को एप Kheti Foodबाट बजारमा ल्याउन पनि सहयोग पुर्याउदै आएको विशाल अग्रवालले जानकारी दिनु भयो ।

किसानले घरमै बसीबसी आफ्नो उत्पादनको बजार मूल्यपनि बुझ्न सकिने गरि निर्माण गरिएको यस एपले B2B अर्थात व्यापारी देखि व्यापारी र B2C अर्थात व्यापारी देखि ग्राहक दुवै पद्दतिमा आधारित रहेको कम्पनिले जनाएको छ ।

सम्बन्धित खबर