शनिवार, मंसिर २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

यू-१९ एसिया कप: श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा

शनिवार, मंसिर २७, २०८२

काठमाडौं, २७ मंसिरः यू-१९ एसिया कपको पहिलो खेलमा नेपाली युवा क्रिकेट टोलीले श्रीलंकाविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ। 

युएईको सेभेन्स् स्टेडियममा श्रीलंकाले टस जितेर फिल्डिङ रोजेपछि नेपाली युवा टोलीले ब्याटिङ गरेको हो। नेपाल रहेको समुह बी मा साविक विजेता बंगलादेश, अफगानिस्तान र श्रीलंका छन्। 

नेपालले प्रिमियर कप खेलेको टोलीमा ४ खेलाडी परवर्तन गरेको हो। एसिया कपका लागि नेपाल प्रिमियर कप (एनपीएल) खेलेका अभिषेक तिवारी, साहिल पटेल, पिविन शर्मा र युवराज खत्रीलाई एसिया कपका लागि छनोट गरेको हो। 

नेपाल एसीसी यू १९ प्रिमियर कपको उपविजेता बन्दै एसिया कपका लागि छनोट भएको थियो।

सम्बन्धित खबर