Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
कर वृद्धि नगर्न स्थानीय तहलाई एमाले झापाको आग्रह
बुधवार, साउन ३१, २०८०
बिर्तामोड । नेकपा एमाले झापाले स्थानीय तहहरुलाई कर वृद्धि नगर्न आग्रह गरेको छ । केन्द्र सरकारको कारण हरेक क्षेत्रमा दुख पाइरहेका जनतालाई थप दुख नदिन एमालेले आग्रह गरेको हो ।
आज पार्टीको धारणा सार्वजनिक गर्दै नेकपा एमाले झापाले नागरिकको चरम असहमति समेत देखिएकाले तत्काललाई कर वृद्धि नगर्न आग्रह गरेको छ ।
‘कर वृद्धि नगर्नु, वृद्धि गरिएको करमा पुनरावलोकन गर्नु’ एमालेले भनेको छ ।पाँच बुँदे धारणा सार्वजनिक गर्दै एमालेले कोभिड महामारी र आर्थिक मन्दीबाट गुज्रिएका नागरिकलाई करले थप तनाव दिएको भन्दै त्यसलाई सच्याउन आग्रह गरेको हो ।
केन्द्र सरकारले स्थानीय तहहरुमाथि ज्यादती गरिरहेको र संघीयताको भावना र मर्म अनुरुप काम गर्न समेत नदिएको बेला कर वृद्धि गर्नु पालिकाको बाध्यता भए पनि यो बेला उचित नभएको एमालेको ठहर छ ।