मङ्गलवार, चैत ३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

हिमाली क्षेत्रमा डढेलोको जोखिम बढ्दो

आइतवार, मंसिर २८, २०८२

मनाङ, २८ मङ्सिर  । हिमाली भूभागमा हिउँद याम सुरु भएपछि डढेलोको जोखिम थपिँदै जाने क्रममा मनाङका विभिन्न बस्तीहरूमा वन डढेलोसम्बन्धी एकदिने समुदायस्तरका सचेतना गोष्ठीहरू सम्पन्न गरिएका छन् ।

हालै मनाङका नासोँ र चामे गाउँपालिका क्षेत्रमा आयोजित गोष्ठीहरूमा स्थानीय बासिन्दालाई डढेलोका कारण, प्रकार, सम्भावित जोखिम र नियन्त्रणका उपायहरूबारे विस्तृत जानकारी गराइएको हो ।

नासोँ गाउँपालिका–३ धारापानी बजारमा सम्पन्न गोष्ठीमा २८ जना स्थानीय सहभागी थिए । सो अवसरमा वन डढेलोको उत्पत्ति, मानव क्रियाकलापको भूमिका, सुक्खा मौसमको प्रभाव तथा क्षतिको दायरा विषयमा विस्तृत छलफल गरिएको थियो ।

नासोँ गाउँपालिका मनाङका चारवटै स्थानीय तहहरूमध्ये सबैभन्दा बढी डढेलो जोखिम क्षेत्र मानिने भएकाले सो क्षेत्रका स्थानीयलाई व्यावहारिक तथा प्राविधिक सीप प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो ।

यसै क्रममा चामे गाउँपालिका–१ तिमाङमा आयोजित गोष्ठीमा ३९ जनाको सहभागिता थियो । तिमाङ क्षेत्र विगत केही वर्षयता सुक्खा हावाहुरी र वनजङ्गलको दिगो संरक्षण चुनौतीसँग जुधिरहेको क्षेत्र हो । गोष्ठीमा सहभागीहरूलाई डढेलो नियन्त्रणका सामुदायिक उपायहरु निगरानी समूह गठन, सामूहिक सतर्कता, घर–घरमा तत्काल खबरदारी प्रणाली, आकस्मिक अवस्थामा सुरक्षित स्थलमा जानुपर्ने विधिबारे व्यावहारिक अभ्यास गराइएको थियो ।

यसअघि नासोँ गाउँपालिका–२ नाचै गाउँमा पनि ३३ जनाको सहभागितामा सोही विषयमा गोष्ठी गरिएको थियो । त्यस अवसरमा डढेलोको प्रारम्भिक चिन्ह पहिचान गर्ने तरिका, जोखिम क्षेत्र नजिक आगो प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, चरन क्षेत्र तथा बस्ती नजिक झाडी व्यवस्थापनजस्ता विषयमा सहभागीहरूलाई प्रशिक्षकहरूले मार्गदर्शन गरेका थिए ।

नासोँ गाउँपालिका–१ ताल गाउँमा ३८ स्थानीयवासीको सहभागितामा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । ताल क्षेत्रमा पर्यटकीय गतिविधि र मानव आवागमन धेरै हुने भएकाले सानो लापरबाहीले पनि ठुलो आगलागीको रूप लिन सक्ने जोखिम रहेको सहभागीहरुलाई जानकारी गराइएकाे थियो ।

एक्याप मनाङका प्रमुख भुजेलका अनुसार हिउँद याममा मनाङसहित सम्पूर्ण हिमाली क्षेत्रमा बर्खायामको आर्द्रता हराउँदै जाँदा सुक्खा पातपतिङ्गरबाट डढेलो छिट्टै फैलिन सक्छ । हिमाली हावाको तीव्र गतिका कारण आगो नियन्त्रण गर्न कठिन हुने हुँदा “डढेलो लाग्नु अघि नै रोकथाम” भन्ने नीति प्रभावकारी मानिन्छ । एक्यापले पछिल्लो वर्षदेखि समुदायलाई डढेलो प्रतिरोधी अभ्यास, सुरक्षित दाउरा व्यवस्थापन, गोठ–चरन क्षेत्र व्यवस्थापन तथा जोखिम क्षेत्रको नक्साङ्कनमार्फत सचेतना विस्तार गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर