Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
झापा ट्राफिक प्रमुखमा न्यौपाने आए ज्ञवाली गए
बुधवार, भदौ ६, २०८०
बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले देशका ९ सय ५८ जना प्रहरी निरीक्षक (ईन्सपेक्टर)को सरुवा गरेपछि झापा ट्राफिकको नेतृत्व फेरिएको हो ।
झापा ट्राफिक प्रमुख प्रविन जोशी ज्ञवाली झापा आएको ७ महिनामै सिन्धुपाल्चोकको नवलपुर ईलाका प्रहरी कार्यालयमा सरुवा भएपछि झापाको नेतृत्व सम्हाल्न नवराज न्यौपाने आउनु भएको छ । प्रहरी निरीक्षक न्यौपाने नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (CIB)बाट सरुवा भएर आउनु भएको हो ।
न्यौपाने बुधबार कार्यालयमा हाजिर भएपछि जिल्ला ट्राफिक कार्यालयमा फेरि भेटौंला कार्यक्रमको आयोजना गरि ज्ञवालीलाई विदाई गरिएको छ । ज्ञवालीलाई ट्राफिक प्रमुख न्यौपानेले 'मायाको चिनो'प्रदान गरेर विदाई गर्नु भयो ।
विदाई कार्यक्रममा बोल्दै ट्राफिक प्रमुख न्यौपानेले झापाको ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन सबै दत्त चित्त भएर लाग्न मातहतका प्रहरीलाई निर्देशन दिनुभयो ।