शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

झापा ट्राफिक प्रमुखमा न्यौपाने आए ज्ञवाली गए

बुधवार, भदौ ६, २०८०

बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले देशका ९ सय ५८ जना प्रहरी निरीक्षक (ईन्सपेक्टर)को सरुवा गरेपछि झापा ट्राफिकको नेतृत्व फेरिएको हो ।

झापा ट्राफिक प्रमुख प्रविन जोशी ज्ञवाली झापा आएको ७ महिनामै सिन्धुपाल्चोकको नवलपुर ईलाका प्रहरी कार्यालयमा सरुवा भएपछि झापाको नेतृत्व सम्हाल्न नवराज न्यौपाने आउनु भएको छ । प्रहरी निरीक्षक न्यौपाने नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (CIB)बाट सरुवा भएर आउनु भएको हो ।

न्यौपाने बुधबार कार्यालयमा हाजिर भएपछि जिल्ला ट्राफिक कार्यालयमा फेरि भेटौंला कार्यक्रमको आयोजना गरि ज्ञवालीलाई विदाई गरिएको छ । ज्ञवालीलाई ट्राफिक प्रमुख न्यौपानेले 'मायाको चिनो'प्रदान गरेर विदाई गर्नु भयो ।

विदाई कार्यक्रममा बोल्दै ट्राफिक प्रमुख न्यौपानेले झापाको ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन सबै दत्त चित्त भएर लाग्न मातहतका प्रहरीलाई निर्देशन दिनुभयो ।

सम्बन्धित खबर