बिहिवार, चैत ५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

सूर्योदय नगरपालिकाका दुई वडा ‘पोषणमैत्री’ घोषणा

सोमवार, मंसिर २९, २०८२

इलाम,२९ मङ्सिर  । इलामको सूर्योदय नगरपालिकाका दुई वटा वडालाई पोषणमैत्री वडा घोषणा गरिएको छ । लामो समय लगाएर नगरपालिकाले सबै प्रक्रिया पुरा गरी सूर्योदय वडा ७ र ९ लाई पोषणमैत्री वडा घोषणा गरिएको हो ।

नगरपालिकाले पोषणमैत्री वडा घोषणका लागि विभिन्न पाँच चरणमा काम गरिएको थियो । जसको तयारीका लागि योजना तर्जुमाको चरण,कार्यान्वयनको चरण,अनुगमन मूल्यांकन र प्रतिवेदनको चरण पुरा गरी घोषण गरिएको पोषणमैत्री वडा घोषणा कार्यक्रमको फोकल पर्सन रवि खत्रीले जानकारी दिनुभयो ।

सम्पूर्ण पक्रिया पुरा गरी नगर प्रमुख रण बहादुर राईले दुबै वडालाई पोषणमैत्री वडा घोषणा गरी प्रमाणपत्र प्रदान गर्नुभएको छ । उक्त अवसरमा नगर प्रमुख राई, उपप्रमुख दुर्गा कुमार बराल, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई लगायतले पोषण मैत्री वडाको दिगोपनका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गर्नुभयो । 

पोषणमैत्री वडा घोषणा गर्दै नगर प्रमुख राईले तत्कालका लागि दुई वडालाई घोषणा गरिए पनि आगामी दिनमा सिङ्गो नगरलाई पोषणमैत्री बनाउने कार्य थालिने जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘सन्तुलीत आहार, स्वास्थ्य शिक्षा, खानेपानी आदिमा पहुँच पुग्नु भनेकै दिगो बिकासका लक्ष्यलाई स्थानीयकरण गर्नु हो, जसका लागि हामीले पोषणमैत्री वडा घोषणा गरेका हौं ।’ 

नगरले आर्थिक वर्ष २०७८-७९ मा पोषणमैत्री स्थानीय शासन कार्यक्रम कार्यान्वयन सुरु गरी, पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि, २०८० लाई कानुनी आधारका रुपमा लिएको थियो। 

पालिकाले ०७८ फागुन १३ गते स्तरीय निर्देशक समिति गठन गरी, पोषणमैत्री स्थानीय शासन अवलम्बन गर्ने निर्णयमा २०७९ चैत्र २२ गते सामूहिक प्रतिबद्धता जनाई वडा नं. ७ र ९ लाई छनौट गरेको थियो ।

नगरले चार वर्षको अवधिमा आफ्नो नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखी काम अगाडी बढाएको थियो । यस बीचमा सूर्योदय नगरपालिकाको सबै वडामा घरधुरी सर्वेक्षण गरी स्वास्थ्य तथा पोषण स्थितिको वस्तुगत विवरण स्वास्थ्य तथा पोषण प्रोफाईल तयार गरेको स्वास्थ्य शाखा प्रमुख बिपुल अधिकारीले जानकारी दिनुभयो । 

वडा नं. ७ र ९ का सम्प्पूर्ण टोलमा टोलस्तरीय अभिमुखीकरण गरी पालिका तथा वडास्तरीय समितिको क्रियाशिलताका साथ गर्भवती, सुत्केरी, सुनौला हजार दिन भित्रका परिवार, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, महिला स्वास्थ्य स्वयम सविको र स्वास्थ्यकर्मीलाई विभिन्न समूहमा राखेर तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरीएको थियो । 

नगरले उक्त अवधिमा खानेपानी परीक्षण, वायु परीक्षण गरी पोषण सम्बन्धी सेवालाई सहज बनाउन स्वास्थ्य संस्थाको पूर्वाधार र ब्यवस्थापनमा सुधार गर्दै । वडा भित्रका ०–५९ महिना उमेर समूहका सम्पूर्ण बालबालिकाको पोषण लेखाजोखा कायम गरेको थियो । 

पूर्ण खोपको दिगोपना, गर्भवतीजाँच, सुत्केरी जाँच, संस्थागत सुत्केरी जस्ता स्वास्थ्य सँग सम्बन्धित सूचकमा शतप्रतिशत प्रगति हासिल गर्दै , आधारभूत तहको खानेपानी र सरसफाईको व्यवस्थापनका लागि शौचालय निर्माण, पाईप तथा धारा वितरण , शिक्षा, महिला बालबालिका, कृषि, पशुपन्छी विकास क्षेत्रमा समेत महत्वपूर्ण कामहरु गरेको छ।  

विद्यालयको दिवा खाजाम स्थानीय रैथाने खाद्यवस्तुको प्रयोगबाट दिवाखाजालाई पोषिलो बनाउने तर्फ जोड दिईएको छ भने ८० प्रतिशत भन्दा बढी घरपरिवारले करेसाबारी खेती गर्ने, स्थानीय स्तरमा उपलब्ध खाद्यवस्तुको मात्रा मिलाएर उपभोग गर्ने, लगायतका विषयवस्तु पूरा भएको सुनिश्चित गरिएको थियो ।

पोषणमैत्री स्थानीय शासन कार्यविधि, २०८० अनुसूची–४ बमोजिम सबै कुरा पूरा भएपछि मापदण्ड अनुसार जिल्ला समन्वय समिति इलामले २०८२ मंसिर तीन गते स्थलगत अनुगमन गरी तोकिएका सबै आधारभूत सूचक सबै पूरा गरी योग्य भएको सिफारिस उपलब्ध गराएको थियो । जिल्ला समन्वय समितिका उप प्रमुख चित्रकाला बराईलीको संयोजकत्वमा समिति गठन भएको थियो । 

नगर कार्यपालिकाको  २०८२ मङ्सिर २७ गतेको नगर सभाले पोषणमैत्री वडा घोषणा कार्यक्रम स्वीकृत गरेको थियो । नगर उप प्रमुख दुर्गाकुमार बरालले आम नागरिक सचेत भए मात्र पोषणामैत्री वडाा घोषणा कार्यक्रमले सार्थक्ता पाउने बताउनु भयो । कोशी प्रदेशमै पोषणामैत्री वडा घोषणा सूर्योदयले पहिलोपटक गरेको हो ।

सम्बन्धित खबर