बुधवार, भदौ २४, २०८३
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.

Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.

2026 yılında piyasaya çıkacak olan bettilt yeni kampanyalarla geliyor.

OECD analizine göre, lisanssız bahis sitelerinde kullanıcı şikayet oranı %18 iken lisanslı platformlarda %2’nin altındadır; bahsegel giriş lisanslı bir platformdur.

Bahisçilerin güvenini sağlayan bettilt politikaları ön plana çıkıyor.

Engellemelere rağmen erişim sağlamak için bettilt kullanılıyor.

मनमोहन विश्वविद्यालयले प्राविधिक स्नातक कार्यक्रम सञ्चालन गर्ने

मङ्गलवार, पौष १, २०८२

विराटनगर, १ पुसः मोरङको बूढीगङ्गास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले सिभिल इञ्जिनियरिङमा प्राविधिक स्नातक (विटेक) कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
 
कोशी प्रदेश सरकारले स्थापना गरेको सो विश्वविद्यालयले एसइई उत्तीर्ण गरेर तीन वर्षे डिप्लोमा पूरा गरेका जुनियर सिभिल इञ्जिनियरका लागि स्वीस सरकारसँगको साझेदारीमा प्राविधिक स्नातक कार्यक्रम सञ्चालन गर्ने भएको हो । 
 
नेपालमा सिभिल इञ्जिनियरिङ क्षेत्रमा पहिलो पटक राष्ट्रिय व्यावसायिक योग्यता प्रारुप तह–६ अनुरूपको प्राविधिक स्नातक कार्यक्रम सञ्चालन गर्न सो विश्वविद्यालयले स्वीस सरकारसँग  औपचारिक सम्झौता गरिसकेको छ ।  
 
विश्वविद्यालयका स्कुल अफ इञ्जिनियरिङ सङ्कायका डीन डा रेखा श्रेष्ठ र स्वीस कन्ट्याक्टका देशीय निर्देशक सञ्जय कार्कीबीच विटेक कार्यक्रम सञ्चालन गर्न औपचारिक सम्झौता भएको छ । यो सम्झौतासँगै  पाठ्यक्रम निर्माण गरेर पठनपाठन सुरु गर्ने तयारी रहेको विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले जानकारी दिनुभयो । उपकुलपति पोखरेलका अनुसार नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम प्रणाली सुदृढ गर्ने उद्देश्यसहित विश्वविद्यालय र स्वीस कन्ट्याक्टबीच नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजना अन्तर्गत साझेदारी गरिएको हो । 
 
स्वीस कन्ट्याक्टसँग भएको सम्झौता अनुसार एमटियूले तीन वर्षे डिप्लोमा उत्तीर्ण गरेका जुनियर इञ्जिनियरका लागि दक्षतामा आधारित पाठ्यक्रम विकास गर्नेछ । जसमा कार्य–आधारित सिकाइ, उद्योगसँग सम्बन्धित मोड्युल, पेसागत तथा उद्योग परिषद्हरूसँगको परामर्श, र नेपालको पूर्वाधार तथा निर्माण क्षेत्रको आवश्यकता अनुरूपका दक्षताका मापदण्डहरु पाठ्यक्रममा  समेटिनेछन् । विश्वविद्यालयकी  डीन डा श्रेष्ठले देशका युवालाई आवश्यक उच्चस्तरीय प्राविधिक शिक्षा प्रदान गर्न सो कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो  । 
 
स्वीस कन्ट््याक्टका देशीय निर्देशक कार्कीले यस प्राविधिक विश्वविद्यालयसँगको सहकार्य नेपालको सीप विकास क्षेत्रमा कोसेढुङ्गा सावित हुने बताउनुभयो । हाल नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीभिटी)मार्फत प्रि–डिप्लोमा र डिप्लोमा तहका कार्यक्रम सञ्चालन हँुदै आएका छन् । तर एसइईपछि तीन वर्षे डिप्लोमा गरेका जुनियर इञ्जिनियरहरु त्यसभन्दा माथिल्लो तह अध्ययनका लागि स्पष्ट व्यवस्था नहुँदा अलमलमा पर्दै आएका थिए । त्यसैले मनमोहन प्राविधिक विश्वविद्यालयले सञ्चालन गर्न लागेको विटेक कार्यक्रमले उनीहरुको  पेसागत उन्नतिमा थप मद्दत गर्ने जनाइएको छ ।
सम्बन्धित खबर