शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोडमा ‘बुसान सिटी’ कोरियन भाषा प्रशिक्षण केन्द्र खुल्यो

बिहिवार, भदौ ७, २०८०

बिर्तामोड । रोजगारीको आकर्षक गन्तब्य बनेको दक्षिण कोरिया जाने नेपाली युवा–युवतीका लागि लक्षित गरेर झापाको बिर्तामोडमा भाषा प्रशिक्षण कक्षा सञ्चालनमा आएको छ ।


बिर्तामोड–४ स्थित भद्रपुर रोडमा 'बुसान सिटी' कोरियन भाषा प्रशिक्षण केन्द्र बिहीबार (आज) देखि सञ्चालनमा आएको हो । उक्त केन्द्रको कोशी प्रदेशसभा सदस्य एकराज कार्कीले उद्घाटन गर्नु भयो ।


५ बर्ष कोरिया बसाईपछि २ बर्ष काठमाडौंमा कोरियन भाषा प्रशिक्षण झापा आउनु भएका दिलकुमार राईले उक्त प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याउनु भएको हो ।कार्यक्रममा प्रमुख अतिथि कार्की, बिर्तामोड–७ का वडाध्यक्ष अबिरलकृष्ण खरेललगायतले शुभकामना मन्तव्य राख्नु भयो ।

प्रशिक्षण केन्द्रमा दक्ष भाषा प्रशिक्षक मार्फत कक्षा सञ्चालन, बेसिक, एड्भान्स, मोडल प्रश्न, कक्षा सञ्चालन हुने जनाईएको छ ।यसका साथै सिबिटी, युबिटी, पिबिटी मोडलमा परिक्षा गराइने, अडियो, भिडियो मार्फत कक्षा सञ्चालन हुने, परिक्षाका लागि मात्र बिशेष तयारी कक्षा सञ्चालन गरिने जनाईएको छ ।

सम्बन्धित खबर