Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
बिर्तामोडमा ‘बुसान सिटी’ कोरियन भाषा प्रशिक्षण केन्द्र खुल्यो
बिहिवार, भदौ ७, २०८०
बिर्तामोड । रोजगारीको आकर्षक गन्तब्य बनेको दक्षिण कोरिया जाने नेपाली युवा–युवतीका लागि लक्षित गरेर झापाको बिर्तामोडमा भाषा प्रशिक्षण कक्षा सञ्चालनमा आएको छ ।
बिर्तामोड–४ स्थित भद्रपुर रोडमा 'बुसान सिटी' कोरियन भाषा प्रशिक्षण केन्द्र बिहीबार (आज) देखि सञ्चालनमा आएको हो । उक्त केन्द्रको कोशी प्रदेशसभा सदस्य एकराज कार्कीले उद्घाटन गर्नु भयो ।
५ बर्ष कोरिया बसाईपछि २ बर्ष काठमाडौंमा कोरियन भाषा प्रशिक्षण झापा आउनु भएका दिलकुमार राईले उक्त प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याउनु भएको हो ।कार्यक्रममा प्रमुख अतिथि कार्की, बिर्तामोड–७ का वडाध्यक्ष अबिरलकृष्ण खरेललगायतले शुभकामना मन्तव्य राख्नु भयो ।
प्रशिक्षण केन्द्रमा दक्ष भाषा प्रशिक्षक मार्फत कक्षा सञ्चालन, बेसिक, एड्भान्स, मोडल प्रश्न, कक्षा सञ्चालन हुने जनाईएको छ ।यसका साथै सिबिटी, युबिटी, पिबिटी मोडलमा परिक्षा गराइने, अडियो, भिडियो मार्फत कक्षा सञ्चालन हुने, परिक्षाका लागि मात्र बिशेष तयारी कक्षा सञ्चालन गरिने जनाईएको छ ।