Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
क्रमसङ्ख्यासहितको फाराम पठाउँदै कांग्रेस
बुधवार, पौष २, २०८२
ललितपुर, २ पुस । नेपाली कांग्रेसले क्रमसङ्ख्या राखेर नयाँ क्रियाशील सदस्यता वितरण फाराम पठाउने भएको छ । कांग्रेस महामन्त्री एवं क्रियाशील सदस्य व्यवस्थापन समितिका संयोजक गगनकुमार थापाको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा मङ्गलबार बसेको बैठकले क्रमसङ्ख्या राखेर फाराम पठाउने निर्णय गरेको हो ।
कांग्रेस केन्द्रीय सदस्य एवं समितिका सदस्य प्रकाश स्नेही रसाइलीले नयाँ क्रियाशील सदस्यताको फाराम छापिसकिएकाले बुधबार सबै जिल्लामा पठाइने बताउनुभयो । उहाँका अनुसार झन्डै चार लाख क्रियाशील सदस्यता फाराम ७७ वटै जिल्लामा पठाइने छ । उहाँले भन्नुभयो, “भदौ २३ र २४ गतेको जेनजी आन्दोलनभन्दा पहिला २५ प्रतिशत क्रियाशील सदस्यताको फाराम जिल्लामा पुगिसकेको थियो । बाँकी क्रमसङ्ख्या नभएकाले फिर्ता गरेर क्रमसङ्ख्या भएकै फाराम पठाउने तयारीमा समिति जुटेको छ ।”
नेता रसाइलीले फाराम भरेर आएका क्रियाशील सदस्यको तथ्याङ्क प्रविष्टि (डाटा इन्ट्री) भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली जनसम्पर्क समिति रहेको ३७ वटा देशमा पनि सदस्यता वितरण र तथ्याङ्क प्रविष्टि भइसकेको छ । उहाँले भन्नुभयो, “क्रियाशील सदस्यताको विषय केही दिनमै टुङ्गो लाग्ने छ । द्रुत गतिमा काम अघि बढाइएको छ ।”