Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
एमाले महाधिवेशन: नेतृत्व चयनका लागि मतदान सुरु
बुधवार, पौष २, २०८२
काठमाडौँ, २ पुसः नेकपा (एमाले) को ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।
अध्यक्ष पदका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले पहिलो मतदान गर्दै निर्वाचनको सुरुवात गर्नुभएको हो। पूर्व निर्धारित समयभन्दा केही ढिलो गरी बिहान ९:३० बजेबाट मात्रै मतदान सुरु भए पनि अहिले मतदान स्थलमा नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति र लामो लाइन देखिएको छ।
ढिलाइ र प्राविधिक तयारी यसअघि मंगलबार नै मतदान गर्ने कार्यतालिका रहे तापनि केही प्राविधिक कारणले गर्दा निर्वाचन प्रक्रिया आजका लागि सारिएको थियो।
हिजो साँझ मतदानको प्रतीक्षामा रहेका प्रतिनिधिहरूलाई राति ८ बजे मात्रै आजका लागि मतदान तय गरिएको जानकारी दिँदै फर्काइएको थियो। आज बिहान पनि तोकिएको समय ८ बजेभन्दा करिब डेढ घण्टा ढिलो गरी मात्रै मत खसाल्न सुरु गरिएको हो।
चुनावी प्रतिस्पर्धा र माहोल यस पटकको महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनावी मैदानमा हुनुहुन्छ।
देशभरबाट छानिएर आएका २ हजार २६३ जना प्रतिनिधिहरूले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मका पदहरूमा आफ्नो मताधिकार प्रयोग गर्नेछन्। दुवै नेताहरूले आ-आफ्नो प्यानलसहित प्रतिस्पर्धा गरिरहेका कारण मतदान स्थल वरपर समर्थकहरूको नाराबाजी र चुनावी प्रचारले वातावरण निकै तातिएको छ।
मतदानपछिको प्रक्रिया मतदान सम्पन्न भएलगत्तै मतगणनाको तयारी गरिने र नतिजा छिट्टै सार्वजनिक गर्ने पार्टीको लक्ष्य छ।