काठमाडौँ, ३ पुसः नेकपा (एमाले)को जारी ११ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान साढे ९ बजेपछि सुरु भएको मतदान केहीबेरअघि सकिएको हो ।
२ हजार २६३ महाधिवेशन प्रतिनिधि रहेकामा २ हजार २२७ मत खसेको छ अर्थात ९८.२७ प्रतिशत मतदान भएको छ ।
बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज (बिहीबार) बिहान ७ बजे सकिएको हो। अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले सुरुमा मतदान गर्नुभएको थियो।
मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा उद्घाटन भएको एमालेको महाधिवेशन मङ्सिर २८ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्रका रूपमा प्रवेश गरेको थियो ।
अध्यक्ष पदका लागि दुई जना उम्मेदवार चुनावी मैदानमा उत्रिनुभएको छ । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ ।



