बुधवार, वैशाख २३, २०८३
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı rulet oyunlarında HD yayın kalitesi, Bettilt online sayesinde kesintisiz sürer.

Güvenli bir ortamda oynamak isteyenler için Bahsegel kavramı oldukça kritik hale geldi.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Türkiye’de kumarhaneler 1998 yılında kapatılmış, buna rağmen online platformlar faaliyet göstermeye devam etmiştir; bettilt giriş bu geçişi analiz eder.

Kumarhane eğlencesini seven oyuncular Bahsegel giriş kategorisinde vakit geçiriyor.

Bahis dünyasındaki tecrübesiyle fark yaratan bettilt güvenle büyüyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चाङ्गा

शुक्रवार, पौष ४, २०८२

म्याग्दी (बेनी), ४ पुसः प्राकृतिक सौन्दर्यले भरिपूर्ण मङ्गला गाउँपालिका–५ अर्मनको चाङ्गाधुरी पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ ।

समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको चाङ्गामा सडक यातायातको पहुँच, खानेपानी र केन्द्रीय विद्युतीकरणको सुविधा विस्तारसँगै प्रचारप्रसारका कारण आन्तरिक पर्यटकको आगमन बढ्न थालेको छ । चाङ्गाखर्कबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका करिब एक दर्जन हिमालको मनमोहक दृष्यावलोकन गर्न सकिन्छ ।

पहिलो पटक चाङ्गा क्षेत्रको भ्रमणमा पुग्नुभएका बेनीका विनोद धौलागिरिले चाङ्गाबाट देखिने प्राकृतिक सौन्दर्यसँगै ग्रामीण जीवनशैलीले आफूलाई लोभ्याएको बताउनुभयो । उहाँले स्थानीयले गर्ने परम्परागत कृषि र पशुजन्य उत्पादनलाई पर्यटनसँग जोड्नसकेमा पर्यटन प्रवद्र्धनमार्फत स्थानीयको जनजीवनमा परिवर्तन ल्याउन सकिने बताउनुभयो । चाङ्गा प्रकृति, जीवनशैली र संस्कृतिको सङ्गम मानिन्छ ।

यहाँबाट चुरेन, सीता, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे« र धम्पुस पिक हिमालका दन्तेलहर दृष्यले पर्यटकलाई लोभ्याउने गरेको छ । चाङ्गा क्षेत्रको भ्रमणमा समूहमा पुग्ने पर्यटकलाई स्थानीयले मौलिक भजनकृतन र नाचगान गरेर कला संस्कृतिमा रमाउन पाउने प्रबन्धसमेत मिलाइएको छ । पर्यटन सम्भावनाले भरिपूर्ण रहे पनि ओझेलमा परेका कारण गाउँपालिका र वडामार्फत पूर्वाधार निर्माण तथा प्रचार प्रसारको काम अघि बढाइएको मङ्गला–५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले बताउनुभयो ।

उहाँका अनुसार चाङ्गा खर्कमा वनभोजस्थल चाङ्गा नजिकै रहेको चुलीको धुरीमा पार्क बनाउने तयारी गरिएको छ । गुराँसे जङ्गलमा झाडी फडानी गरेर लालीगुराँसको संरक्षण गरी पर्यटकीय आकर्षण बढाउने योजना बनाइएको छ । “स्थानीयवासी र पर्यटकको सुविधाका लागि शुद्ध खानेपानी र केन्द्रीय विद्युतीकरण विस्तार भएको छ, चाङ्गा खर्कको पाखोबारीमा चिया बगान बनाउने तयारीमा जुटेका छौँ, चाङ्गामा घरबास सञ्चालन गरेर पर्यटकको बसाइलाई आरामदायी बनाउने सोचमा छौँ”, वडाध्यक्ष खत्रीले भन्नुभयो ।

अहिले हिउँदयाममा वनभोज र घुमघामका लागि सवारीसाधन हुँदै आन्तरिक पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन् । विभिन्न सङ्घसंस्थाले आफ्नो साधारणसभा तथा बैठकसमेत यस क्षेत्रमा आयोजना गर्ने परम्पराको सुरुआत भएको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरबाट पीपलबोट, पाखु, धारा, सिर्कुम, टीकाबाङ हुँदै एक घण्टा ३० मिनेटको सवारी यात्रा गरेपछि चाङ्गा पुग्न सकिन्छ ।

बाबियाचौरबाट छिसबाङ, टीकाबाङ, सिरकुम हुँदै चाङ्गा पुग्न सकिने वैकल्पिक बाटो रहेको छ भने चाङ्गाबाट मङ्गला र बागलुङको ताराखोला गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीयस्थल तिनचुले जाने पदमार्ग जोडिएको छ ।

मङ्गला गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यको पहिचान, प्रचारप्रसार र प्रवद्र्धनका लागि गाउँपालिकाले पहल थालेको अध्यक्ष शतप्रसाद रोकाले बताउनुभयो । उहाँले चाङ्गाबाट देखिने प्राकृतिक सौन्दर्यताले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने सम्भावना रहेकाले यहाँको पर्यटन विकासमा जोड दिइएको बताउनुभयो ।

चाङ्गामा १७ घरधुरीको बसोबास छ । यहाँ परम्परागत रुपमा कोदो, मकै, फापर, तोरीलगायत अन्नबालीसँगै आलु, मुला, सिमी, भटमास, सागलगायतका तरकारीखेतीसमेत हुने गर्छ । परम्परागत रुपमा गाईभैँसी र भेडाबाख्रा पालन हुने यस ठाउँको भ्रमणमा पुग्ने पर्यटकले ग्रामीण र परम्परागत जीवनशैलीको अध्ययन अवलोकनसँगै स्थानीय उत्पादनको स्वाद लिन पाउने सुविधा रहेको छ । शान्त र एकान्त वातावरणमा रमाउन चाहने आन्तरिक पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन् ।

प्राकृतिक सौन्दर्यता र पर्यावरणका कारण यस क्षेत्रमा आन्तरिकसँगै बाह्यपर्यटकको आगमन बढाउन सकिने सम्भावना रहेको धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताउनुभयो ।

उहाँले चाङ्गालाई केन्द्रित गरेर गाउँपालिकाभित्रका पर्यटकीयस्थल चिनाकोटधुरी, झाँक्रीपानी, तिनचुले, हुँदै चाङ्गा आउने र यहाँबाट मालिका गाउँपालिकाको निस्कोट बराहताल हुँदै रुम दुरलेक जोड्ने गरी ट्रेकिङ ट्रेल बनाउन आवश्यक रहेको बताउनुभयो ।

मनोरम हिमाल र ग्रामीण भू–वनोटको दृष्यसँगै जडीबुटी, वन पैदावार, वन्यजन्तु र पक्षीको अवलोकन गर्न पाउनु यस क्षेत्रको थप विशेषता रहेको छ । यस क्षेत्रमा पर्यटन आगमन बनाउनका लागि घरबास सञ्चालन, प्रचारप्रसार र पूर्वाधार निर्माण गर्न आवश्यक रहेको छ ।

कच्ची सडकको ट्र्याकलाई स्तरोन्नति गर्ने, पदमार्ग विस्तार गर्दै क्याम्पिङ क्षेत्र बनाउनसकेमा यस क्षेत्रमा पर्यटक आगमन बढाउन सकिने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर