आइतवार, चैत ८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

पहिलो अन्तर्राष्ट्रिय उपाधिमा एपिएफको नजर

शनिवार, पौष ५, २०८२

काठमाडौँ, ५ पुस । घरेलु महिला फुटबल च्याम्पियन एपिएफ नेपालको पहिलो अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि विजेता बन्ने दाउमा छ । जुन गौरव हासिल गर्न एपिएफले शनिबार भारतको इस्ट बङ्गालको चुनौती पन्छाउनुपर्ने छ । एपिएफ र इस्ट बङ्गालबिच दशरथ रङ्गशालामा शनिबार साँझ ५ बजे साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भिडन्त हुँदै छ । पाँच टिम सहभागी प्रतियोगिता इस्ट बङ्गाल समूह विजेता र एपिएफ समूह उपविजेता बनेर फाइनलमा पुगेका हुन् । दुवै टिम अपराजित छन् । लिग चरणमा इस्ट बङ्गालले चारमध्ये तीन खेलमा जित र एक बराबरीको नतिजा हासिल गरेको थियो । एपिएफले दुई जित र दुई बराबरीमा खेलेको थियो । लिग चरणको अन्तिम खेलमा यी दुई टिमले गोलरहित बराबरीमा खेले ।

एपिएफकी कप्तान अनिता बस्नेतले पहिलो पटक नेपाललाई अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि दिलाउने चाहना भएको बताउनुभयो । “हामी क्लब होइन देशलाई प्रतिनिधित्व गर्दै छौँ, अहिलेसम्म नेपालले अन्तर्राष्ट्रिय उपाधि जित्न नसकेको अवस्थामा भोलि हामीसमक्ष अर्को राम्रो अवसर छ,” कप्तान बस्नेतको भनाइ छ । एपिएफमा राष्ट्रिय खेलाडीको बाहुल्य छ । एपिएफका प्रायः खेलाडी पटक पटक देशको प्रतिनिधित्व गर्दै फाइनलमा पराजित हुनुको पीडाबाट गुज्रिएका छन् । त्यसैले कप्तान बस्नेतले आफू र आफ्नो टिम पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने प्रतीक्षामा रहेको बताउनुभयो । कप्तान बस्नेतका अनुसार यो प्रतियोगिता खेलाडीका लागि राम्रो मञ्च पनि हो । यस प्रतियोगितामा एसियाकै क्लबको नजर छ । यहाँ राम्रो गर्न सकेमा खेलाडीले व्यावसायिक फुटबलमा राम्रो अवसर पाउने सम्भावना रहन्छ, कप्तान बस्नेतको बुझाइ छ ।

नेपाल आउनुअघि इस्ट बङ्गालले छनोट चरण पार गरी एसियन महिला च्याम्पियन्स लिग च्याम्पियनसिपमा पुगेर इतिहास बनाएको थियो । यस प्रतियोगितामा गरेको प्रदर्शन हेर्ने हो भने पनि इस्ट बङ्गाल सबभन्दा बलियो टिमका रूपमा प्रस्तुत भएको छ । त्यसैले तुलना गर्ने हो भने भारतको लिग च्याम्पियन इस्ट बङ्गालको पल्ला भारी देखिन्छ तर नेपाली टिमका लागि फाइनल जित्न प्रेरणा दिने केही पक्ष छन् । एपिएफका प्रशिक्षक जीवेश पाण्डेका अनुसार नेपाली खेलाडी पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने भोकले एपिएफलाई च्याम्पियन बनाउने छ ।  यसै गरी घरेलु मैदान र दर्शकको ऊर्जा एपिएफका लागि वरदान बन्न सक्छ ।

प्रशिक्षक पाण्डेलाई घरेलु मैदान र समर्थकले इस्ट बङ्गाललाई दबाबमा राख्ने आफ्नो टिमलाई थप ऊर्जा दिने विश्वास छ । त्यसैले प्रशिक्षक पाण्डे भन्नुहुन्छ, “समूह चरणमा अङ्क बाँड्यौँ । त्यसपछि दुई दिनको विश्राममा हामीले आफ्नो सुधार्नुपर्ने पक्षमा केन्द्रित भएर तयारी गरेका छौँ । आफ्नो बलियो पक्षबिच एकजुट भएर फाइनल खेल्यौँ भने हामी च्याम्पियन बन्ने छौँ ।” सावित्रा भण्डारी साम्बा, प्रीति राई, एन्जिला तुम्बापो सुब्बा व्यावसायिक फुटबलका लागि एपिएफबाट टाढिएपछि एपिएफ विगतमा जस्तो खतरनाक देखिएको छैन । प्रमुख मिडफिल्डर सविता रानामगर चोटका कारण खेल्न सक्नुभएको छैन । अनुभवी गीता राना पनि दुरुस्त हुनुहुन्न । प्रशिक्षक पाण्डेले   टिम अलि कमजोर भएको स्वीकारे पनि अझै आफ्नो टिममा ११, १२  जना राष्ट्रिय खेलाडी छन् भन्नुहुँदै यो टिममा उपाधि जित्ने क्षमता भएको बताउनुहुन्छ ।

इस्ट बङ्गालका प्रशिक्षक एन्थोनीले आफ्नो टिम बलियो भएपछि नेपालमा नेपाली समर्थकको अगाडि घरेलु टिमविरुद्ध खेल्न कुनै पनि टिमलाई सजिलो नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “एपिएफले अहिलेसम्म आफ्नो क्षमता अनुसार खेलेको जस्तो लाग्दैन तर फाइनलमा एपिएफले आफ्नो पूर्ण शक्ति लगाएर खेल्ने छ । त्यसैले हामी ढुक्क छैनौँ । फाइनलमा दुई शीर्ष टिम भिड्दै छ र दुवैका लागि गुमाउन केही छैन । त्यसैले उपाधि भिडन्त रोचक हुने छ ।” प्रशिक्षक एन्थोनीले इस्ट बङ्गाल इतिहास बोकेको क्लब हो भन्नुहुँदै यस क्लबको प्रतिष्ठा राख्न पनि आफ्नो टिमले दुई सय प्रतिशत दिएर खेल्ने बताउनुभयो ।  

सम्बन्धित खबर