Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
एमाले महाधिवेशन सफल, नवनिर्वाचित नेतृत्वलाई बधाई : पूर्वराष्ट्रपति भण्डारी
शनिवार, पौष ५, २०८२
काठमाडौँ, ५ पुसः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको भन्दै नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्नुहुँदै भण्डारीले लोकतान्त्रिक प्रतिस्पर्धाबाट नयाँ नेतृत्व चयन हुनु एमालेको संगठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद (जबज) को जीवन्त अभ्यास भएको उल्लेख गर्नुभएको छ।
उहाँले तेस्रो पटक पार्टी अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीसहित नवनिर्वाचित पदाधिकारी, केन्द्रीय कमिटी सदस्य तथा विभिन्न आयोगका सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिनुभएको छ। साथै, महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक तथा महाधिवेशन सफल बनाउन खटिएका स्वयंसेवक, स्वास्थ्यकर्मी र कलाकारप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।
भण्डारीले महाधिवेशनमा विचार, निष्ठा र पद्धतिप्रति प्रतिबद्ध रहँदै प्रतिस्पर्धामा सहभागी सबै नेता तथा कार्यकर्ताप्रति पनि आभार व्यक्त गर्नुभएको छ। उहाँका अनुसार लोकतान्त्रिक प्रतिस्पर्धा स्वाभाविक र आवश्यक प्रक्रिया हो, जसले संस्थालाई थप सुदृढ बनाउँछ।
नव निर्वाचित नेतृत्वले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र संगठनात्मक एकतालाई अझ मजबुत बनाउँदै पार्टीलाई अघि बढाउने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको छ।