Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
कोलम्बियाको सैन्य बेसमा आक्रमण: ७ सैनिकको मृत्यु, ३० घाइते
शनिवार, पौष ५, २०८२
बोगोटा, ५ पुस: कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही समूहले गरेको आक्रमणमा कम्तीमा सात जना सैनिकको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
सेनाका अनुसार उक्त आक्रमण नेशनल लिबरेसन आर्मी (ईएलएन) ले ड्रोन प्रयोग गरी गरेको हो । सेनाले यसलाई ‘आतङ्कवादी हमला’ को संज्ञा दिँदै यसले सर्वसाधारणको ज्यान जोखिममा पार्नुका साथै मानवअधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन गरेको जनाएको छ ।
कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले सामाजिक सञ्जाल एक्स मार्फत प्रतिक्रिया दिँदै उन्नत एन्टी–ड्रोन प्रणालीको अभावका कारण यस्तो घटना भएको बताउनुभएको छ । उहाँले अवैध सशस्त्र समूहका यस्ता आक्रमण रोक्न तत्काल आवश्यक एन्टी–ड्रोन प्रणाली खरिद गर्ने आदेश दिएको जानकारी दिनुभयो ।
यसैबीच, सैनिक बलका प्रमुख कमाण्डर जनरल फ्रान्सिस्को कुबिदेसले ईएलएनका आतङ्कवादी गतिविधिविरुद्ध गुप्तचर सङ्कलन तथा सैन्य कारबाहीलाई थप सुदृढ गरिने बताउनुभएको छ ।