Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्जार्चमाथि हतियार प्रहार
बिहिवार, भदौ ७, २०८०
बिर्तामोड । इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्जार्च युवराज कटुवालमाथि धारिलो हतियार प्रहार भएको छ । आज साँझ ७ बजे शिवसताक्षी–९ स्थित झरना खोला नजिकै धारिलो हतियार प्रयोग भएको हो । हतियार प्रहार गर्ने दुई जनालाई पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ ।
सडकमा मोटरसाइकल असभ्य ढंगले चलाएको देखेपछि प्रहरी इञ्चार्जले रोकेर सोधपुछ गर्ने क्रममा धारिलो हतियार प्रहार भएको थियो । उनको टाउको र हातमा चोट लागेको छ । हातमा २ र टाउकोमा ३ टाका लगाइएको छ ।
थप उपचारका लागि बिर्तामोड ल्याइएको सूचना प्राप्त भएको ।उनी सरुवा भई भोली झिलझिले छोड्ने तयारी गर्दै थिए ।