शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्जार्चमाथि हतियार प्रहार

बिहिवार, भदौ ७, २०८०

बिर्तामोड । इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्जार्च युवराज कटुवालमाथि धारिलो हतियार प्रहार भएको छ । आज साँझ ७ बजे शिवसताक्षी–९ स्थित झरना खोला नजिकै धारिलो हतियार प्रयोग भएको हो । हतियार प्रहार गर्ने दुई जनालाई पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ ।

सडकमा मोटरसाइकल असभ्य ढंगले चलाएको देखेपछि प्रहरी इञ्चार्जले रोकेर सोधपुछ गर्ने क्रममा धारिलो हतियार प्रहार भएको थियो । उनको टाउको र हातमा चोट लागेको छ । हातमा २ र टाउकोमा ३ टाका लगाइएको छ ।

थप उपचारका लागि बिर्तामोड ल्याइएको सूचना प्राप्त भएको ।उनी सरुवा भई भोली झिलझिले छोड्ने तयारी गर्दै थिए ।

सम्बन्धित खबर