Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
भेट्रान्स फुटवलमा बिर्तामोड ६ सेमिफाइनलमा प्रवेश
आइतवार, पौष ६, २०८२
बिर्तामोड, ६ पुस : बिर्तामोडमा जारी वडा स्तरीय भेट्रान्स फुटबल प्रतियोगिताको आइतबारको खेलमा वडा नं. ६ सेमिफाइनलमा प्रवेश गरेको छ ।
वडा नं. ६ ले वडा नं. ७ लाई २–० गोल अन्तरले पराजित गर्यो । वडा न ६ का लागि प्रविन राईले पहिलो हाफमा एक र दोस्रो हाफमा एक गोल गरे । खेलको प्लेयर अफ द म्याच प्रविन राई भए । उनले नगद १ हजार ५०० रुपैया पुरस्कार पाए । प्रतियोगितामा नगरका ८ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले नगद २५ हजार र उपविजेताले नगद १५ हजार रुपैया पुरस्कार पाउने छन् ।
सोमबार हुने अर्को खेलमा वाकओभर पाएर क्वाटरफाइनल खेल्न लागेको वडा नं. ३ ले वडा नं. ९ को सामना गर्ने छ । त्यसैगरी सहिद नेत्र पार्कको खेल मैदानमा भईरहेको वडा स्तरीय फुटबल प्रतियोगितामा सोमबार वडा नं. ३ र वडा नं. ९ प्रतिष्पर्धा गर्नेछन् ।
पहिलो चरणमा वडा नं. ३ ले वडा न ८ लाई हराएर क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।
नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको वडास्तरीय फुटवल प्रतियोगिताको फाइनल पुस १३ गते हुने अध्यक्ष विकास गिरीले जानकारी दिए ।