Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
रवि लामिछाने पुनः कार्यकारी भूमिकामा
सोमवार, पौष ७, २०८२
काठमाडौँ, ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टीको कार्यकारी (सभापति) जिम्मेवारीमा फर्किनुभएको छ । आइतबार बसेको पार्टीको ६४ औँ केन्द्रीय कमिटीको बैठकमा पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले आफूले समाल्दै आएको कार्यकारी सभापतिको जिम्मेवारी लामिछानेलाई हस्तान्तरण गर्नुभएको थियो ।
रास्वपा प्रवक्ता मनीष झाका अनुसार पार्टी सभापति लामिछानेको अध्यक्षतामा सम्पन्न केन्द्रीय कमिटीको बैठकमा मुलुकको पछिल्लो अवस्था, नयाँ तथा वैकल्पिक शक्तिबिचको सहकार्य तथा पार्टीका आन्तरिक गतिविधि र भावी योजनाबारे समेत छलफल भएको छ ।
बैठकमा सभापति लामिछानेले वैकल्पिक शक्तिसँग सहकार्य गर्ने तर त्यो चुनावकेन्द्रितभन्दा समग्र मुलुकको हितका लागि हुनुपर्ने बताउनुभएको छ । पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई थप मजबुत बनाउँदै राजनीतिक र व्यक्तिगत जीवनमा समेत अनुशासन अत्यन्तै महत्वपूर्ण हुने हुँदा कसैप्रति आक्षेप, आग्रह, पूर्वाग्रहपूर्ण भाषाशैलीलाई निरुत्साहित गर्नुपर्नेमा लामिछानेले विशेष जोड दिनुभएको प्रवक्ता झाले बताउनुभयो ।