Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
राष्ट्रपतिले तीन दलका शीर्ष नेतृत्वलाई छलफलमा बोलाए
मङ्गलवार, पौष ८, २०८२
काठमाडौँ, ८ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफलका लागि बोलाउनुभएकाे छ ।
पौडेलले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक प्रचण्डलाई छलफलमा बोलाउनुभएकाे हाे । राष्ट्रपति कार्यालयले सुरुमा ओली र देउवालाई मात्रै बोलाएको जानकारी गराएपनि पछि तीनै नेता आउने तय भएको जानकारी दिएको हो ।
छलफल ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमै हुनेछ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, सरकारले सिफारिस गरेको निर्वाचनसम्बन्धी कानुन संशोधनको विषयमा भेटका क्रममा कुराकानी हुने बताइएको छ ।
यस्तै चुनावकै भविष्यबारे समेत अनेक आशङ्का भइरहेको बेला तीन दलका शीर्ष नेतृत्व र राष्ट्रपतिबिच हुन लागेको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।