Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
पूर्वगृहमन्त्री लेखकलाई बयानका लागि बोलाइयो
बुधवार, पौष ९, २०८२
काठमाडौँ, ९ पुस । जेनजी आन्दोलन घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ ।
आयोगले लेखकलाई सात दिनभित्रमा उपस्थित हुन पत्र पठाएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिनुभयो । गत भदौ २३ गते जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री हुनुहुन्थ्यो । जेनजी प्रदर्शनको पहिलो दिन भदौ २३ गते प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि उहाँले सोही दिन गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो । यसअघि जाँचबुझ आयोगले सबै सुरक्षा प्रमुखसहित मुख्य सचिव, गृहसचिव, सुरक्षा निकायका प्रमुखलगायत एक सय जनाभन्दा बढीसँग सोधपुछ तथा बयान लिइसकेको छ ।
स्थानहद फुकुवा
जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वप्रहरी प्रमुख चन्द्रकुबेर खापुङ र सहसचिव छविलाल रिजालमाथि लगाएको स्थानहद फुकुवा गरेको छ ।
आयोगका उपसचिव कमलराज पाण्डेका अनुसार भदौ २३ र २४ गतेको घटनाको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानका लागि लगाइएको दुवाडी, खापुङ र रिजालमाथिको स्थानहद र विदेश भ्रमण मङ्गलबारदेखि फुकुवा गर्ने निर्णय भएको हो । उहाँहरूमाथि आयोगले विदेश भ्रमण र काठमाडौँ उपत्यका छाड्न रोक लगाएको थियो ।
आयोगले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ, “पूर्वनिर्णयउपरको कार्य सम्पन्न भइसकेकाले निजको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गर्ने निर्णय अनुसार अनुरोध छ ।”