Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
दमकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
बुधवार, पौष ९, २०८२
झापा, ९ पुसः दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मङ्गलबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बागमती प्रदेश ०२–०१७ प ३३४४ नम्बरको मोटरसाइकल हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गरेको अवस्थामा बाटोको पूर्वपट्टि रहेको पानी जमेको ढलको नालीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त दुर्घटनामा कमल गाउँपालिका–६ का ३८ वर्षीय विनोद राईको मृत्यु भएको हो ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको नेतृत्वमा गएको टोलीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ ।