बुधवार, चैत १८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

उत्तर–पश्चिम नाइजेरियामा आईएस विरुद्ध अमेरिकी हवाई आक्रमण

शुक्रवार, पौष ११, २०८२

उत्तर–पश्चिम नाइजेरिया, ११ पुसः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिम नाइजेरियामा इस्लामिक स्टेट (आईएस) विरुद्ध अमेरिकी सेनाले घातक हवाई आक्रमण गरेको बताएका छन्।

क्रिसमसको दिन आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले भने, “कमाण्डर–इन–चिफको हैसियतमा मेरो निर्देशनमा अमेरिकाले उत्तर–पश्चिम नाइजेरियामा आतंककारीहरू विरुद्ध शक्तिशाली र घातक आक्रमण गरेको छ।” ट्रम्पका अनुसार आईएस लडाकूहरूले “मुख्यतः निर्दोष ख्रीष्टियनहरूलाई लक्षित गर्दै” हालका वर्षहरूमा अत्यन्तै हिंसात्मक आक्रमणहरू गरेका थिए। उनले यसअघि नै यस्ता गतिविधि रोक्न चेतावनी दिइसकेको र अब त्यसको परिणाम देखिएको दाबी गरे।

अफ्रिकामा अमेरिकी सैन्य कारबाहीको जिम्मेवारी सम्हालेको अमेरिकी अफ्रिका कमाण्डले यो आक्रमण नाइजेरियाली सरकारको अनुरोधमा गरिएको पुष्टि गरेको छ। उक्त हवाई आक्रमणमा “धेरै आईएस लडाकूहरू मारिएको” उसले जनाएको छ। आक्रमण नाइजेरियाको सोकोटो राज्य क्षेत्रमा गरिएको जनाइएको छ।

अमेरिकी रक्षा सचिव पीट हेगसेथले सामाजिक सञ्जालमा नाइजेरियाली सरकारको सहयोगप्रति आभार व्यक्त गर्दै आतंकवादविरुद्धको कारबाही अझै जारी रहने संकेत दिएका छन्।

यसबीच, नाइजेरियाको विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै देशले अमेरिकासहित अन्तर्राष्ट्रिय साझेदारहरूसँग आतंकवाद र हिंसात्मक चरमपन्थ विरुद्ध संरचित सुरक्षा सहकार्य गरिरहेको जनाएको छ। मन्त्रालयका अनुसार यही सहकार्यका क्रममा उत्तर–पश्चिम क्षेत्रमा आतंककारी लक्ष्यहरूमा सटीक हवाई आक्रमण गरिएको हो।

तर नाइजेरियाली सरकारले ख्रीष्टियन समुदायमाथि मात्र लक्षित उत्पीडन भइरहेको भन्ने अमेरिकी दाबीलाई अस्वीकार गर्दै सशस्त्र समूहहरूले मुस्लिम र ख्रीष्टियन दुवै समुदायलाई निशाना बनाइरहेको बताएको छ।

अल जजिराका अनुसार, सोकोटो राज्यको एक गाउँ नजिक आक्रमणपछि मिसाइलका टुक्राहरू भेटिएको तस्बिर सामाजिक सञ्जालमा फैलिएका छन्, तर मानवीय क्षति भएको पुष्टि भएको छैन।

विश्लेषकहरूका अनुसार यो सैन्य कारबाही नाइजेरियाको जटिल सुरक्षा अवस्थासँग जोडिएको छ र यसले पश्चिम अफ्रिकामा आतंकवादविरुद्धको अन्तर्राष्ट्रिय प्रयासलाई नयाँ मोड दिन सक्छ।

सम्बन्धित खबर