Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
ओडिसामा गोली हानाहान, छ जना नक्सालवादी विद्रोहीको मृत्यु
शुक्रवार, पौष ११, २०८२
नयाँदिल्ली, ११ पुस : पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका छ जना नक्सलवादी विद्रोहीहरू मध्ये एक जना शीर्ष कमान्डर रहेको अधिकारीहरूले बताएका छन् ।
ओडिसा राज्यको राजधानी भुवनेश्वरबाट करिब २७१ किलोमिटर पश्चिममा रहेको कान्धमाल जिल्लामा प्रहरी र नक्सलवादी विच मुठभेड भएको जनाइएको छ ।
ओडिसाका प्रहरी प्रमुख योगेशबहादुर खुरानियाले मिडियालाई बताए अनुसार बुधबार कान्धमालमा ठुलो मात्रामा गोलाबारुद बरामद गरिएको थियो भने । बिहीबार कान्धमाल–गन्जाम सीमामा गरिएको फलो–अप अपरेसनमा धेरै स्थानमा गोली हानाहानमा थप चार जना नक्सलवादीहरुको मृत्यु भएको छ ।
खुरानियाले मारिएका मध्ये एक जना नक्सलवादी ओडिसाका कमान्डका प्रमुख र केन्द्रीय समितिका सदस्य गणेश उइकेका रूपमा पहिचान गरिएको बताउनु भएको छ । जो धेरै ठूला–ठुला आक्रमणहरूमा संलग्न थिए ।
प्रहरीका अनुसार यस क्षेत्रमा नक्सालवादीहरूको बारेमा प्राप्त विशेष गुप्तचर सूचनाको आधारमा प्रहरीले संयुक्त खोजी अभियान चलाए पछि गोली हानाहान सुरु भएको थियो ।
गतिरोधका क्रममा प्रहरीलाई कुनै क्षति नभएको प्रहरीले जनाएको छ । भारतका गृहमन्त्री अमित शाहले उक्त अभियानलाई “ठुलो सफलता“ को रूपमा प्रशंसा गर्नु भएको छ ।
भारत सरकारले ३१ मार्च २०२६ सम्ममा नक्सलवाद उन्मूलन गर्ने संकल्प गरेको छ भने मध्य र पूर्वी भारतमा सक्रिय विद्रोहले सयौँको ज्यान लिएको लिनुका साथै हजारौँ विस्थापित भएका छन् ।