शुक्रवार, फागुन १, २०८२
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında deneyim ve yeniliği bir arada sunan bettilt farkını kanıtlıyor.

Güçlü teknik altyapısıyla kesintisiz hizmet sunan bettilt stabil performans sağlar.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

श्रीमानले पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते

शुक्रवार, पौष ११, २०८२

सुनसरी, ११ पुसः सुनसरीको दुहबी नगरपालिका-३ मा घरायसी विवादका कारण श्रीमानले पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते भएकी छन्। योजनाबद्ध जघन्य रूपमा घटाइएको घरेलु हिंसाको यो घटनाले पीडित महिलाको चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ।


शुक्रबार दुहबी–३ मुक्तिनाथ मन्दिर टोलमा बसोबास गर्ने ३३ वर्षीय मुस्तफा शेखले घरायसी विवादका कारण २८ वर्षीय खुस्बु खातुनलाई शरीरमा पेट्रोल छर्केर गम्भीर घाइते बनाएको सुनसरीका प्रहरी प्रमुख एसपी केशबकुमार थेबेले बताउनुभयो। घरायसी विवाद चर्किँदै जाँदा शेखले श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो।

घटना लगत्तै स्थानीयवासीले तत्काल इलाका प्रहरी कार्यालय दुहबीमा खबर गरेका थिए। सूचना पाएपछि साथ प्रहरी टोली घटनास्थलमा खटिएको र गम्भीर रूपमा घाइते भएकी खुस्बु खातुनलाई उपचारका लागि सामुदायिक अस्पताल दुहबीमा भर्ना गरिएको एसपी थेबेले बताउनुभयो । अस्पतालका चिकित्सकले पीडित महिलाको शरीरमा आगोले जलेर दुवै हात, घाँटी, छाती तथा अनुहारमा गम्भीर चोट लागेको र उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको चिकित्सकले बताएका छन्।


भारतको बिहार माइती भएकी खुस्बुले दुहबीका शेखसँग डेढ वर्ष अगाडि विवाह गरेकी थिइन्। भारतमै रोजगारी गर्दै गरेका शेख शुक्रबार घर आउनासाथ झगडा गरी श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाई घाइते बनाएको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक शिवराम थापाले बताउनुभयो। खुस्बुको सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि नोबेल मेडिकल कलेज विराटनगर भर्ना गरिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि पारस अस्पताल विराटनगर भर्ना गरिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो।

घटनापछि प्रहरीले आरोपी मुस्तफा सेखलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहबीको हिरासतमा राखेर घटनाको अनुसन्धान थालिएको एसपी थेबेले बताउनुभयो। घटनामा प्रयोग गरिएको पेट्रोल र अन्य सामग्रीबारे पनि प्रमाण संकलन गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिलाई कानुन अनुसार कडा कारबाही गरिने उहाँले बताउनुभयो।

पक्राउ परेका मुस्तफा शेखविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी खुस्बुका माइती पक्षले जाहेरी दिएका छन्। प्रहरीले शेख विरुद्ध मुद्दा दर्ता गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। साथै, पीडित महिलाको उपचार र सुरक्षाका लागि आवश्यक सबै सहयोग समन्वय भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।

घटनाले दुहबी मात्र होइन, समग्र सुनसरी जिल्लामै घरेलु हिंसाको गम्भीर अवस्थालाई पुनः उजागर गरेको छ। समाजमा अझै पनि घरेलु विवादका नाममा महिलामाथि हुने हिंसा नियन्त्रण हुन नसकेको स्थानीयले बताएका छन्।

सम्बन्धित खबर