बिहिवार, चैत १९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की

शनिवार, पौष १२, २०८२

वाशिङ्टन, १२ पुस: युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा सहमति जनाएमा युक्रेन सङ्कट अन्त्यका लागि तयार गरिएको शान्ति योजनालाई जनमतसंग्रहमा लैजान आफू तयार रहेको बताउनुभएको छ । अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार राष्ट्रपति जेलेन्स्कीले शुक्रबार दिएको अन्तर्वार्तामा यस्तो धारणा व्यक्त गर्नुभयो ।

उहाँले शान्ति प्रक्रियाका क्रममा क्षेत्रीय विषयमा युक्रेनका लागि अझ राम्रो सहमति हासिल गर्ने प्रयास जारी रहने बताउनुभयो । तर यदि प्रस्तावित शान्ति योजनामा अत्यन्तै कठिन र संवेदनशील निर्णय लिनुपर्ने अवस्था आयो भने २० बुँदे सम्पूर्ण योजनालाई जनमतसङ्ग्रहमार्फत युक्रेनी जनताकै निर्णयमा सुम्पिनु सबैभन्दा उपयुक्त उपाय हुने उहाँले बताउनुभयो ।

राष्ट्रपति जेलेन्स्कीका अनुसार जनमतसंग्रह आयोजना गर्नु राजनीतिक, प्रशासनिक र सुरक्षा दृष्टिले निकै जटिल प्रक्रिया भएकाले त्यसका लागि कम्तीमा ६० दिनको युद्धविराम आवश्यक हुन्छ । उहाँले मतदानको तयारी, मतदाताको सुरक्षा र निष्पक्ष प्रक्रिया सुनिश्चित गर्न यही अवधि न्यूनतम आवश्यकता भएको स्पष्ट पार्नुभयो ।

रिपोर्टअनुसार एक वरिष्ठ अमेरिकी अधिकारीले रूसले जनमतसङ्ग्रहका लागि युद्धविराम आवश्यक पर्ने कुरा बुझेको भए पनि उहाँले अझ छोटो अवधिको युद्धविराम चाहेको सङ्केत दिएको बताउनुभयो ।

जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भेटमा युक्रेन सङ्कट अन्त्यका लागि साझा रूपरेखामा सहमति हुने आशा व्यक्त गर्नुभयो । उहाँले अमेरिका–युक्रेनबीच भएका अधिकांश द्विपक्षीय सहमतिहरू हाल पाँचवटा दस्तावेजमा समेटिइसकेको र आवश्यक परे थप एउटा दस्तावेज समावेश गर्न सकिने जानकारी पनि दिनुभयो ।

युद्धपछिको सुरक्षा प्रत्याभूतिको अवधिबारे अमेरिकी प्रशासनले १५ वर्षको प्रस्ताव गरे पनि जेलेन्स्कीले त्यो अवधि पर्याप्त नहुने धारणा व्यक्त गर्नुभएको छ । उहाँका अनुसार युक्रेनलाई दीर्घकालीन र भरपर्दो सुरक्षा प्रत्याभूति आवश्यक छ, र यससम्बन्धी सम्झौता अमेरिका र युक्रेन दुवै देशका संसदबाट अनुमोदन गरिनेछ ।

सम्बन्धित खबर