Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
चलचित्र पत्रकार संघ नेपाल कास्कीको अध्यक्षमा सन्तोष बस्याल
आइतवार, पौष १३, २०८२
पोखरा,१३ पुस : चलचित्र पत्रकार संघ नेपाल कास्की अध्यक्षमा सन्तोष बस्याल चयन हुनु भएको छ ।संस्थाको शनिबार भएको सातौं साधारणसभा तथा छैटौं अधिवेशनले उहाँको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
कार्यसमिति उपाध्यक्षमा गौरव त्रिपाठी, सचिव सुरेश सुनार, सहसचिव सिद्धार्थ गौतम र कोषाध्यक्ष सुरक्षा श्रेष्ठ रहनु भएको छ ।
सदस्यमा राकेश गुरुङ, प्रेम थापा, विनिता सुनार, सुरज थापा, सागर ढकाल, सुष्मा नेपाली, अभिनन्दन बजिमय र नारायण पौडेल चयन भएको निर्वाचन समिति सदस्य एवं संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिनुभयो । कार्यकाल ३ वर्षको हुनेछ ।
यसैगरी, केन्द्रीय प्रतिनिधिमा आशीष पुरी र मिलन थापा रहनु भएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई संघका केन्द्रीय अध्यक्ष एवं निर्वाचन समिति संयोजक समीर बलामीले शनिबार नै पद तथा गोपनीयताको शपथ गराउनु भयो ।
साधारणसभाको गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्नु भएको थियो ।
गत भदौमा तय गरिएको अधिवेशन जेनजी आन्दोलनले स्थगित हुन पुगेको थियो । २०६० असार २२ मा जन्मिएको संघमा हाल सदस्य संख्या ८६ पुगेका छन् । संघको यसअघि शिव शर्मा चञ्चल, रेम बिक, अरुण गिरी र प्रभू अधिकारीले समेत नेतृत्व गरिसकेका थिए।