बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

५५ औं एशियन बडी बिल्डिङ प्रतियोगिताका लागि राम दाहाललाई शुभकामना सहित विदाई

आइतवार, भदौ १०, २०८०

बिर्तामोड । काठमाण्डौमा भदौ १५ गतेदेखि ५५ औं एशियन बडीबिल्डिङ प्रतियोगिता सुरु हुंदैछ ।
याक एण्ड यति होटलमा भदौ २२ गतेसम्म प्रतियोगिता हुन लागेको हो । यस प्रतियोगितामा सहभागिताको लागि झापाबाट अन्तराष्ट्रिय खेलाडी राम दाहाल जाने हुनु भएको छ । दाहाललाई आज (आईतबार) बिर्तामोडमा आयोजित एक कार्यक्रमका विच खादा तथा अबिर लगाएर विदाई गरियो ।


बडी ग्यारेजले आयोजना गरेको शुभकामना विदाई कार्यक्रमा युवा उद्योगी तथा व्यवसायी आदित्य पराजुली, शारिरिक सुगठन संघ झापाका अध्यक्ष दिप साउदेन, युवा व्यवसायी पदम श्रेष्ठ, पुर्वान्चल वेकरी बिर्तामोडका सन्चालक प्रह्लाद अधिकारी,बडीबिल्डिङ संघका केन्द्रिय सदस्य दिपेन चौधरी, व्यवसायी प्रविन अग्रवाल, धिरज अग्रवाल, शिवाकोटी मेनपावरका सन्चालक भुपाल शिवाकोटीलगायतको उपस्थिति रहेको थियो ।दाहालले ६५ केजी तौल समुहमा प्रतिस्पर्धा गर्न लाग्नु भएको हो । उहांले यो प्रतियोगिता पछि बडीबिल्डिङबाट सन्यास लिने घोषणा गर्नु भएको छ ।

दाहाललेचीन,भारत,भेतनाम,सिंगापुर,भुटान,ब्राजिल,कोरीया,साउदी,दुवई, जापान लगायतको देशमा पुगेर हालसम्म १ सय १० वटा भन्दा बढी खेलहरुमा प्रतिस्पर्धा गरिसकेको जनाईएको छ ।दाहालले भारतमा आयोजना भएको साउथ एशियन प्रतियोगितामा गोल्ड मेडल , चिनमा आयोजना भएको ५१औं एशियन बडीबिल्डिङ प्रतियोगितामा तेस्रो, भारतकै लुदियानामा आयोजना भएको साउथ एशियन प्रतियोगितामा दोस्रो उपाधि हात पार्नु भएको थियो। यो लगायत दाहालले अन्य दर्जनौं प्रतियोगितामा पनि उपाधि हात पार्नु भएको छ ।

सम्बन्धित खबर