Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
सोमवार, पौष १४, २०८२
जकार्ता, १४ पुस: इन्डोनेसियाको सुलावेसी टापूको मानाडो शहरमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्थानीय दमकल विभागका प्रमुख जिमी रोतिन्सुलुले आगलागी आइतबार राति करिब ८ः३० बजे सुरु भएको र धेरै वृद्ध बासिन्दा आफ्नो कोठामा विश्राम गरिरहेका बेला घटना भएको बताउनुभयो ।
उद्धार टोलीले १२ जनालाई सुरक्षित उद्धार गरी स्थानीय अस्पतालमा पठाएको छ । स्थानीय सञ्चार माध्यमले देखाएको भिडियोमा आगोले भवनलाई व्यापक रूपमा ढाकेको देखिन्छ र स्थानीयहरूले वृद्ध बासिन्दालाई बाहिर निकाल्न प्रयास गरेका थिए । अधिकारीहरूले मृतकहरूको पहिचान प्रक्रिया सुरु गरेको बताएका छन् भने परिवारसँग समन्वय गरी थप विवरण सार्वजनिक गरिने बताइएको छ ।
इन्डोनेसियामा पछिल्लो समय आगलागी घटनाहरू बढिरहेका छन्; यसै महिनामा राजधानी जकार्तामा सात तले कार्यालय भवनमा आगो लाग्दा कम्तीमा २२ जनाको मृत्यु भएको थियो भने सन् २०२३ मा निकेल प्रशोधन कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु भएको थियो ।