काठमाडौँ, १४ पुसः पाँच राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची बुझाएका छन्।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबार (पुस १४) दिउँसो १२ बजेसम्म पाँच दलले समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको आयोगले जनाएको छ।
बन्दसूची बुझाउने दलहरूमा नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माक्सवादी–पुष्पलाल) रहेका छन्।
बन्दसूची बुझाउने समयसीमा आजसम्म तोकिएको छ। तर प्रमुख राजनीतिक दलहरू भने अझै आयोग पुगेका छैनन्।




