Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु, ९८ घाइते
सोमवार, पौष १४, २०८२
मेक्सिकोसिटी, १४ पुस: मेक्सिकोको सेलिना क्रुज–कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु हुनुका साथै ९८ जना घाइते भएको मेक्सिकन नौसेना सचिवालयले जनाएको छ ।
तेहुआनटेपेकको इस्थमसको इन्टरओसेनिक कोरिडोरको निरीक्षण गर्ने मेक्सिकन नौसेनाले जारी गरेको विज्ञप्ति अनुसार दुर्घटनाको समयमा लाइन जेडमा रहेको रेलमा करिब २५० यात्रुहरु सवार थिए ।
घाइते ९८ जना यात्रु मध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको छ भने बाँकी यात्रुहरूलाई सामान्य उपचार पछि घर फर्कियसँगै १३९ जना यात्रु खतरा मुक्त भएको बताइएको छ ।
नौसेनाले घटनामा ज्यान गुमाउनेहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावितहरूलाई तत्काल सहायता प्रदान गर्न जिम्मेवारीपूर्वक, पारदर्शी रूपमा र कानूनको पूर्ण अनुपालन गर्ने आफ्नो प्रतिबद्धतालाई पुष्टि गरेको छ ।
आपतकालीन प्रतिक्रियालाई समर्थन गर्न ३६० नौसेना कर्मी, २० सवारी साधन, चार ग्राउन्ड एम्बुलेन्स, तीन एयर एम्बुलेन्स र एक रणनीतिक ड्रोन तैनाथ गर्दै विस्तृत खोजी र उद्धार अभियान सुरु गरिएको नौसेनाले जनाएको छ ।
अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन र पीडित र उनीहरूका परिवारलाई सहयोग गर्न सम्बन्धित एजेन्सीहरूसँग समन्वयमा काम गर्न जारी राख्ने बताएका छन् ।
दुर्घटना पछि मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबाम पार्डोले नौसेना र आन्तरिक सचिवालयका अधिकारी र मानव अधिकारकर्मीलाई दुर्घटनास्थलमा गएर प्रभावित परिवारलाई भेट्न निर्देशन दिनु भएको छ ।