शनिवार, फागुन २, २०८२
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında deneyim ve yeniliği bir arada sunan bettilt farkını kanıtlıyor.

Güçlü teknik altyapısıyla kesintisiz hizmet sunan bettilt stabil performans sağlar.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

प्रभावकारी बन्दै ‘श्रम साकेला अभियान’

मङ्गलवार, पौष १५, २०८२

खोटाङ, १५ पुसः साकेला गाउँपालिकाले सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ अन्तर्गत सोमबार वडा नं ३ खिदिमास्थित मानेभञ्ज्याङ–पाँचधारे सडकखण्डमा सरसफाइ गरिएको छ । साविक खिदिमा गाविस वडा नं ६ ढाँडे टोलका २१ जना स्थानीयको सहभागितामा करिब दुई किलोमिटर सडक सरसफाइ गरिएको हो ।
 
सडकको दायाँ–बायाँ फैलिएका झाडी तथा विभिन्न प्रजातिका बोटबिरुवा र भलबाढीका कारण थुनिएका नालीले सडक साँघुरो बनाएपछि स्थानीयवासी स्वस्फुर्त जनश्रमदानमा जुटेका छन् । स्थानीय नागरिकले गाउँपालिकाले गरेको जनश्रमदानसम्बन्धी नीतिगत निर्णयलाई व्यवहारमा उतार्दै नियमित रूपमा श्रमदानमार्फत विकास निर्माणका कार्य अघि बढाइरहेका छन् । 
 
विशेषगरी वडा नं ३ खिदिमाका नागरिकले ‘आफ्नो गाउँ आफै बनाऔँ’ भन्ने मूल उद्देश्यसहित निरन्तर श्रमदान अभियान सञ्चालन गर्दै आएका छन् । जनश्रमदान अभियानलाई अझ प्रभावकारी बनाउन जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहँदै आएको छ । 
 
खिदिमाको साविकका पुङ्मा, किवा, ढाँडे, बोपुङ, सौरे, लामिडाँडा, हात्तीसुँडे, कोक्रा लगायतका विभिन्न टोलमा जनश्रमदानमार्फत सडक, सार्वजनिक स्थल तथा पाटीपौवा सरसफाइ सम्पन्न भइसकेको छ । अभियान सञ्चालन गर्न बाँकी टोलमा पनि निरन्तर श्रमदान अभियान सञ्चालन गरिने वडा नं ३ का अध्यक्ष गोविन्द तामाङले जानकारी दिनुभयो । 
 
जनप्रतिनिधि र नागरिकबीचको सहकार्यबाट सञ्चालन भइरहेको ‘श्रम साकेला अभियान’ गाउँपालिकामा विकास, सरसफाइ र सामुदायिक एकताको सशक्त उदाहरणका रूपमा स्थापित हुँदै गएको छ । यस्तै वडा नं १ बाँझेच्यानडाँडाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीको सहभागितामा वडा कार्यालय परिसरमा सरसफाइ गरिनाका साथै सडकको नाली सरसफाइ गरिएको पूर्ण सरसफाइ कार्यक्रम उत्प्रेरक पुष्पा राईले जानकारी दिनुभएको छ । 
 
जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँच वडामात्र रहेको) यो गाउँपालिकाले सञ्चालन गरेको श्रमदान अभियानमा स्थानीयवासीले समेत सक्रिय भूमिका निर्वाह गरेका छन् । श्रमदानमा सहभागीले खाना तथा खाजाको व्यवस्थासमेत आफै गर्ने गरेको वडाध्यक्ष तामाङले जानकारी दिनुभएको छ । 
 
श्रमदान अभियानकै क्रममा खिदिमास्थित बोरा टोल र मखमले टोलका स्थानीयले जनश्रमदानमार्फत काठको साँघु निर्माण गरी आवत–जावतलाई सहज बनाएका छन् । वर्षौंदेखि दैनिक आवागमनमा समस्या उत्पन्न गराउँदै आएको स्थानीय बोरा खोलामा करिब १५ मिटर लामो काठको साँघु निर्माण गरिएको हो । 
 
विशेषगरी विद्यालय जाने विद्यार्थी, स्वास्थ्य सेवा लिन जाने नागरिक, वडा कार्यालय तथा गाउँपालिकाको केन्द्रसम्म पुग्नुपर्ने सेवाग्राही वर्षायाममा अत्यन्तै जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका थिए । वर्षाको समयमा आउने भलबाढीले खोलाको बहाव तीव्र हुँदा पैदल हिँड्डुलसमेत असम्भव जस्तै बन्दै आएको अवस्थामा स्थानीय आफैँ अग्रसर भएर समस्या समाधानतर्फ उन्मुख भएका हुन् । 
 
स्थानीयको सक्रिय सहभागिता र आपसी सहकार्यमा सम्पन्न गरिएको उक्त साँघु निर्माण कार्यले समुदायभित्र विकासप्रति बढ्दो चेतना र आत्मनिर्भरता झल्काएको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताउनुभयो । सीमित स्रोतसाधनका बाबजुद पनि साझा समस्या समाधानका लागि स्थानीयवासी एकताबद्ध भएर श्रमदानमा जुट्नुले ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने भावनालाई व्यवहारमा उतारेको गाउँपालिका प्रमुख राईले जानकारीले दिनुभयो ।
 
बर्सेनि आउने भलबाढीका कारण खोला तर्न नसक्दा यस क्षेत्रका बालबालिका, वृद्धवृद्धा, महिला तथा बिरामी नागरिक सबैभन्दा बढी प्रभावित हुँदै आएका थिए । अब भने काठको साँघु निर्माणसँगै जोखिमपूर्ण यात्रा अन्त्य भई आवागमन सुरक्षित र सहज हुनेमा स्थानीयले विश्वास व्यक्त गरेका छन् । 
 
जनश्रमदान, सहकार्य र स्थानीय नेतृत्वको प्रभावकारी समन्वयबाट निर्माण भएको यो साँघुले गाउँपालिकाको समग्र विकास यात्रामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको उपप्रमुख बिर्सिका राईले जानकारी दिनुभयो । गाउँपालिकाले सुरु गरेको ‘श्रम साकेला अभियान’को नीतिगत निर्णयले गाउँपालिकामा सामुदायिक विकासको सशक्त उदाहरण स्थापित हुँदै गएको छ ।
सम्बन्धित खबर